काठमाडौँ । बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ ।
आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भवना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ ।
उनका अनुसार पूर्वबाट मनसुन बाहिरन अझै केही दिन लाग्ने भएकाले बुधबार पछिबाट मात्रै मौसममा सुधार हुने बताए । नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ । सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि आज अक्टोबर १४ तारिख भइसक्दा मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन ।
पानी नपरेका कारण वायुमा प्रदूषण र कणहरु बसेकाले दिउँसोपख आकाश खुले पनि बिहान/बेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८१ - ०७:१९
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुन...
जेष्ठ २ गते, २०८१ - ०७:१५
वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यमा जोड
जेष्ठ २ गते, २०८१ - ०७:०२
काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरि...
जेष्ठ २ गते, २०८१ - ०६:५३
दाङ । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । ...
बैशाख ३० गते, २०८१ - ०९:२९
बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली न...
बैशाख ३० गते, २०८१ - ०९:२१
काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। कांग्रेस नेताहरुसँगको छलफ...
बैशाख ३० गते, २०८१ - ०९:१७
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्। सियाट...
बैशाख ३० गते, २०८१ - ०९:१२
काठमाडौं । काठमाडौंको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणले एक सूचना जारी गरी...
बैशाख ३० गते, २०८१ - ०९:०५
सिन्धुपाल्चोक । संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ । आयोजन...
बैशाख ३० गते, २०८१ - ०८:२३
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...
प्रतिकृया लेख्नुहोस्: