Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’को विजेता भए एलिना र सजिना

खबरडबली संवाददाता

काठमाडौँ । एलिना ताम्राकार र सजिना सुवाल दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता भएका छन् । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् ।

थेसिस तर्फमा भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् । विजेतालाई समापन समारोहमा प्रमुख अतिथि माल्टाका अबैतानिक बाणिज्य दुत तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अवार्ड, नगद  तथा प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा संचारकर्मी सुशील नेपाल, बरिष्ठ गायक उदय सोताङ, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल, एचआर प्रमुख सादिक्य आचार्य र फेसन डिजाइनर कुशुम श्रेष्ठ अथितिका रुपमा रहेका थिए ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा २५ र २६ गते (बिहिबार र शुक्रबार) आयोजित एक्स्पो ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मन्त्री भिमसेनदाश प्रधानलगायतको उद्घाटनसँगै सुरु भएको थियो । प्रदर्शनि र प्रतिस्पर्धामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना राखिएका थिए ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनी थियो । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको क्याफे डिजाइन थिम र अर्काे अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस थिम । थेसिस बिद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिस लगायत थिमका डिजाइन तयार गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले बताइन् ।

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा उद्घाटनमा मेयर महर्जनले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरेका थिए । उद्घाटन कार्यक्रममा फेसन कोरियोग्राफर रोजिक शाक्य, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ रंग पत्रकार तथा गीतकार डब्बु क्षेत्री लगायतको उपस्थिती रहेको थियो । 

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन  सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको  आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ । 

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न ‘ड्रेस टु इम्प्रेस’ फेसन शो, ‘स्पेस एण्ड डिजाइन  एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending