Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रथथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा ‘ल्याब सेवा’, स्थानीय खुसी

खबरडबली संवाददाता

सल्यान  । प्रयोगशालामा विभिन्न स्वास्थ्य उपकरणहरु जडान भएपछी सल्यानको लेखपोखराबाटै रगत, दिसापिसाब र खकारको नमुना परिक्षण सेवा सुचारु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेसिन संगै ल्याबलाइ आवश्यक केमिकलहरुको व्यवस्थापन गाउँपालिकाले गरेपछी ल्याब सेवा सुचारु भएको हो । 

आफ्नै गाउँठाउँमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा ल्याब सेवाको पहुँच अभिवृद्धि गर्न आफुहरु लागिपरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल, श्रीनगर, दांग लगायतका ठाउँमा धाउनु पर्ने लेखपोखरा क्षेत्रका बिरामीलाई सहज भएको छ ।

कुनै पनि रोगको निदान गर्नका लागि ल्याबको रिपोर्टको अध्यन महत्वपुर्ण भएकाले अब निकै सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर निशा आचार्यले जनाइन् । गाउँपालिकाले रगतका अवयवहरूको विस्तृत रूपमा परीक्षण गर्ने उपकरण हेमाटोलोजी एनालाइजर(थ्री पार्ट) र विभिन्न जैविक नमुनाहरुको परिक्षण गर्न बायोकेमिस्ट्री सेमीअटो एनालाईजर मेसिन जडान संगै आवश्यक केमिकलहरुको व्यवस्थापन गरिदिएको वरिष्ठ ल्याब असिस्टेन्ट रेग बहादुर पुन मगरले बताए ।

प्रयोगशाला संगै प्राथमिक स्वास्थ्य केन्द्र र यहाँको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा निर्माणाधीन १५ शैया अस्पताल भवनको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुगमन, निरीक्षण समेत गरेका छन् । नागरिकको स्वास्थ्य प्रती आफुहरु संवेदनशील रहेको भन्दै अध्यक्ष बुढाथोकीले उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ अनुरोध गरे । उनले ल्याब सेवाका लागि आवश्यक बिद्युत ब्याकपको व्यवस्थापनमा पनि पहल गर्ने बताए ।

ल्याब सेवा सुचारु भएसंगै अव लेखपोखरामै सुगर, जन्डीस, कोलेस्ट्रोल, युरिक एसिडको परिक्षण हुने छ । यस्तै यहाँको ल्यावबाट गर्भवति जाँच संगै मलेरिया (औलो), डेंगु, एचआईभी, हेपाटाईटिस बी, भिरिंगी, हेमोग्लोबिन, टाईफाईड, टीबी, ब्लड ग्रुप परिक्षण हुने छ भने दिसा, पिसाव, खकारको नमुना परिक्षण सेवा प्रदान हुने वरिष्ठ ल्याब असिस्टेन्ट ओउनले जनाए । उनका अनुसार एक जना ल्याब टेक्निसियन सम्मको जनशक्ति व्यवस्थापन भएमा ल्याब सेवा झनै प्रभावकारी हुनेछ । गाउँमै ल्याब सेवा, डाक्टरको व्यवस्था भएपछी स्थानियहरु खुसी छन् । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले ल्याब सेवा बापतको सामान्य शुक्क निर्धारण गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जसलाई जसलाइ श्रमिक दिवसले छोएन

बिदा र दिवसले खान लाउन दिँदैन, पेट पाल्न काम नै गर्न पर्याे

विकराल बन्दै वन डढेलोको अवस्था, देशभर १६५ ठाउँमा डढेलो

काठमाडौं  ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । गर्मी बढेसँगै पछिल्लो समय हावाहुरीका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गईरहेको ह...

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ ।  राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिन...

मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्री जम्कट्...

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी  देख...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखदः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिस...

श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर...

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपाल...

रसुवामा सम्बन्धविच्छेद घटना बढे, नौ महिनामा ८१ वटा मुद्दा

रसुवा ।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्...

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

काठमाडाैं । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्ना...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies