Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

प्रथथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा ‘ल्याब सेवा’, स्थानीय खुसी

खबरडबली संवाददाता

सल्यान  । प्रयोगशालामा विभिन्न स्वास्थ्य उपकरणहरु जडान भएपछी सल्यानको लेखपोखराबाटै रगत, दिसापिसाब र खकारको नमुना परिक्षण सेवा सुचारु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेसिन संगै ल्याबलाइ आवश्यक केमिकलहरुको व्यवस्थापन गाउँपालिकाले गरेपछी ल्याब सेवा सुचारु भएको हो । 

आफ्नै गाउँठाउँमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा ल्याब सेवाको पहुँच अभिवृद्धि गर्न आफुहरु लागिपरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल, श्रीनगर, दांग लगायतका ठाउँमा धाउनु पर्ने लेखपोखरा क्षेत्रका बिरामीलाई सहज भएको छ ।

कुनै पनि रोगको निदान गर्नका लागि ल्याबको रिपोर्टको अध्यन महत्वपुर्ण भएकाले अब निकै सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर निशा आचार्यले जनाइन् । गाउँपालिकाले रगतका अवयवहरूको विस्तृत रूपमा परीक्षण गर्ने उपकरण हेमाटोलोजी एनालाइजर(थ्री पार्ट) र विभिन्न जैविक नमुनाहरुको परिक्षण गर्न बायोकेमिस्ट्री सेमीअटो एनालाईजर मेसिन जडान संगै आवश्यक केमिकलहरुको व्यवस्थापन गरिदिएको वरिष्ठ ल्याब असिस्टेन्ट रेग बहादुर पुन मगरले बताए ।

प्रयोगशाला संगै प्राथमिक स्वास्थ्य केन्द्र र यहाँको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा निर्माणाधीन १५ शैया अस्पताल भवनको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुगमन, निरीक्षण समेत गरेका छन् । नागरिकको स्वास्थ्य प्रती आफुहरु संवेदनशील रहेको भन्दै अध्यक्ष बुढाथोकीले उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ अनुरोध गरे । उनले ल्याब सेवाका लागि आवश्यक बिद्युत ब्याकपको व्यवस्थापनमा पनि पहल गर्ने बताए ।

ल्याब सेवा सुचारु भएसंगै अव लेखपोखरामै सुगर, जन्डीस, कोलेस्ट्रोल, युरिक एसिडको परिक्षण हुने छ । यस्तै यहाँको ल्यावबाट गर्भवति जाँच संगै मलेरिया (औलो), डेंगु, एचआईभी, हेपाटाईटिस बी, भिरिंगी, हेमोग्लोबिन, टाईफाईड, टीबी, ब्लड ग्रुप परिक्षण हुने छ भने दिसा, पिसाव, खकारको नमुना परिक्षण सेवा प्रदान हुने वरिष्ठ ल्याब असिस्टेन्ट ओउनले जनाए । उनका अनुसार एक जना ल्याब टेक्निसियन सम्मको जनशक्ति व्यवस्थापन भएमा ल्याब सेवा झनै प्रभावकारी हुनेछ । गाउँमै ल्याब सेवा, डाक्टरको व्यवस्था भएपछी स्थानियहरु खुसी छन् । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले ल्याब सेवा बापतको सामान्य शुक्क निर्धारण गर्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending