Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडाैं । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए भने सस्थाका सचिव प्रकाश शर्माले खादा द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा विशेष अतिथीको रुपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राइले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एंव बधाई ज्ञापन गरे ।

कार्यक्रमका सभापति एंव अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरुलाई प्रोप्साहन र हौसला प्रदान गर्नको निम्ती नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए । उनले भने -‘डान्स डाइरेक्टरहरुलाई पहिलोपटक प्रोत्साहन दिनको निम्ति हामीले अवार्ड कार्यक्रम आयोजना गरेका हौँ ।’ अध्यक्ष गुरुङले अवार्डको फाइनल कार्यक्रमको मिती तय नभइसकेको र चाडै नै आफ्नो अधिकारीक वेवसाइट,सामाजिक सञ्जालमार्फत जानकारी गराइने जनाए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । उनले पर्दा पछाडी रहदै आएका तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरुलाई आफ्नो कामको मुल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए ।

अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका छन भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका छन । कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक बिधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना र नबिना के।सी।, सुनिता महर्जन तामाङ जातीको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, सङ्खर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, सङ्खर बिश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक ।

विधामा सोनु लामा र सुरज तामाङ झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ- झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ- घाटु मा मनोनयनमा परेका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending