Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न

खबरडबली संवाददाता

काठमाडाैं । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए भने सस्थाका सचिव प्रकाश शर्माले खादा द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा विशेष अतिथीको रुपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राइले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एंव बधाई ज्ञापन गरे ।

कार्यक्रमका सभापति एंव अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरुलाई प्रोप्साहन र हौसला प्रदान गर्नको निम्ती नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए । उनले भने -‘डान्स डाइरेक्टरहरुलाई पहिलोपटक प्रोत्साहन दिनको निम्ति हामीले अवार्ड कार्यक्रम आयोजना गरेका हौँ ।’ अध्यक्ष गुरुङले अवार्डको फाइनल कार्यक्रमको मिती तय नभइसकेको र चाडै नै आफ्नो अधिकारीक वेवसाइट,सामाजिक सञ्जालमार्फत जानकारी गराइने जनाए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । उनले पर्दा पछाडी रहदै आएका तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरुलाई आफ्नो कामको मुल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए ।

अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका छन भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका छन । कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक बिधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना र नबिना के।सी।, सुनिता महर्जन तामाङ जातीको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, सङ्खर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, सङ्खर बिश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक ।

विधामा सोनु लामा र सुरज तामाङ झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ- झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ- घाटु मा मनोनयनमा परेका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending