Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सरकारले निर्णय गरेको रकम नपाउँदा माओवादी नेता एवं पूर्वमन्त्री राईकाे उपचारमा समस्या

खबरडबली संवाददाता

काठमाडौं । माओवादी नेता एवं पूर्वमन्त्री पदमबहादुर राई ‘विकास’ बिरामी परेका छन् । राईलाई पार्किन्सन रोग देखिएको पारिवारिक स्रोतले जनाएको छ । एक वर्ष अघिदेखि बिरामी परेका विकासको उपचारमा आर्थिक अभाव भएको छ ।

पछिल्लो समय ३ महिनादेखि उनी काठमाडौंको मेदान्त अस्पतालको बेडमा छन् । माओवादीका पुराना नेता राईको परिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेको बेला केही ठोस सहयोगको आशमा छन् । तर, अहिले सीमित नेताले व्यक्तिगतरूपमा सहयोग गरिरहेको छोरा सन्देश राईले बताए ।

जिल्लाका केही नेता आएर व्यक्तिगत सहयोग गरेपनि क्याविनेटले ५ लाख दिने निर्णय गरेको रकम नपाएकाे उनकाे भनाइ छ । पटक-पटक अर्थमन्त्रालय गएपनि रकम निकासा रोकेको भनेर त्यो पनि नपाएका बताउँदै उपचारमा समस्या भइरहेको राईले बताए  । विकासको उपचारमा पार्टी कार्यालयले पैसा नभएको भन्दै ५० हजारको चेक दिएको थियो । आफन्त, शुभेच्छुक र समकालीन नेताले सहयोग गरेको रकमले ३ महिनाको अस्पतालको खर्च जसोतसो धानेपनि थप उपचारमा समस्या भएको उनले सुनाए ।

थेरापीलगायतको अस्पताल खर्च मासिक डेढ लाखरहेकाे र अहिले केही सुधार पनि देखिएको बताउँदै उनले पछिल्लाे समय आफैँ सामान्य हिँडडुल गर्न थालेकाे बताए । आशा त पलायो तर यहाँ भन्दा अघि के गर्ने अलमलमा छौं’, सन्देश भन्छन् ।

भोजपुर बोयाका पदम केही समययता काठमाडौं बस्दै आएका थिए । पार्टी सरकारमा हुँदा पनि युद्धकालीन समय र राजनीतिक परिवर्तनमा योगदान गरेका राईको उपचारमा चासो नदेखाइएको भन्दै जिल्लाका नेताहरूले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन् । भोजपुरका माओवादी नेता राजेश खतिवडा राईको उपचार राज्यले गर्नुपर्ने बताउँछन् ।

को हुन् विकास ?
भोजपुर षडानन्द नगरपालिका बोयाका पदम २०४२/४३ देखि नै अखिल छैटौं (मोटो मसाल) बाट राजनीतिमा आएका थिए । भोजपुरमा माओवादी आन्दोलनको बिजारोपणमा भूमिका खेलेका उनीलगायतका टीमको प्रभावमा तत्कालीन बोया गाविस- ८ बेखुम्चामा संयुक्त जनमोर्चाले वडाध्यक्ष जितेको थियो । जनयुद्ध सुरू हुनुअघि देखि नै उनी माओवादीमा संगठित थिए ।

विकासले युद्धकालमा सुनसरी जिल्ला सेक्रेटरी, भोजपुर-खोटाङ सेक्रेटरीको जिम्मेवारी सम्हाले । उनी भोजपुर, खोटाङलगायतका पूर्वी पहाडी जिल्लामा शालिन र लोकप्रिय नेताका रूपमा परिचित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर- १ बाट प्रत्यक्ष चुनाव जितेका राई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । राई अन्तरिम विधायिका पनि बनेका थिए ।

राई एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागे । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए । विप्लव समूहमा पोलिटव्युरो सदस्य रहँदा उनलाई सरकारसँग वार्ता जारी रहेको अन्तर्वार्ता दिएर पार्टी नीतिविपरीत बोलेको भन्दै निलम्बन गरियो । त्यसपछि उनी तत्कालीन नेकपा प्रवेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending