Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकारले निर्णय गरेको रकम नपाउँदा माओवादी नेता एवं पूर्वमन्त्री राईकाे उपचारमा समस्या

खबरडबली संवाददाता

काठमाडौं । माओवादी नेता एवं पूर्वमन्त्री पदमबहादुर राई ‘विकास’ बिरामी परेका छन् । राईलाई पार्किन्सन रोग देखिएको पारिवारिक स्रोतले जनाएको छ । एक वर्ष अघिदेखि बिरामी परेका विकासको उपचारमा आर्थिक अभाव भएको छ ।

पछिल्लो समय ३ महिनादेखि उनी काठमाडौंको मेदान्त अस्पतालको बेडमा छन् । माओवादीका पुराना नेता राईको परिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेको बेला केही ठोस सहयोगको आशमा छन् । तर, अहिले सीमित नेताले व्यक्तिगतरूपमा सहयोग गरिरहेको छोरा सन्देश राईले बताए ।

जिल्लाका केही नेता आएर व्यक्तिगत सहयोग गरेपनि क्याविनेटले ५ लाख दिने निर्णय गरेको रकम नपाएकाे उनकाे भनाइ छ । पटक-पटक अर्थमन्त्रालय गएपनि रकम निकासा रोकेको भनेर त्यो पनि नपाएका बताउँदै उपचारमा समस्या भइरहेको राईले बताए  । विकासको उपचारमा पार्टी कार्यालयले पैसा नभएको भन्दै ५० हजारको चेक दिएको थियो । आफन्त, शुभेच्छुक र समकालीन नेताले सहयोग गरेको रकमले ३ महिनाको अस्पतालको खर्च जसोतसो धानेपनि थप उपचारमा समस्या भएको उनले सुनाए ।

थेरापीलगायतको अस्पताल खर्च मासिक डेढ लाखरहेकाे र अहिले केही सुधार पनि देखिएको बताउँदै उनले पछिल्लाे समय आफैँ सामान्य हिँडडुल गर्न थालेकाे बताए । आशा त पलायो तर यहाँ भन्दा अघि के गर्ने अलमलमा छौं’, सन्देश भन्छन् ।

भोजपुर बोयाका पदम केही समययता काठमाडौं बस्दै आएका थिए । पार्टी सरकारमा हुँदा पनि युद्धकालीन समय र राजनीतिक परिवर्तनमा योगदान गरेका राईको उपचारमा चासो नदेखाइएको भन्दै जिल्लाका नेताहरूले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन् । भोजपुरका माओवादी नेता राजेश खतिवडा राईको उपचार राज्यले गर्नुपर्ने बताउँछन् ।

को हुन् विकास ?
भोजपुर षडानन्द नगरपालिका बोयाका पदम २०४२/४३ देखि नै अखिल छैटौं (मोटो मसाल) बाट राजनीतिमा आएका थिए । भोजपुरमा माओवादी आन्दोलनको बिजारोपणमा भूमिका खेलेका उनीलगायतका टीमको प्रभावमा तत्कालीन बोया गाविस- ८ बेखुम्चामा संयुक्त जनमोर्चाले वडाध्यक्ष जितेको थियो । जनयुद्ध सुरू हुनुअघि देखि नै उनी माओवादीमा संगठित थिए ।

विकासले युद्धकालमा सुनसरी जिल्ला सेक्रेटरी, भोजपुर-खोटाङ सेक्रेटरीको जिम्मेवारी सम्हाले । उनी भोजपुर, खोटाङलगायतका पूर्वी पहाडी जिल्लामा शालिन र लोकप्रिय नेताका रूपमा परिचित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर- १ बाट प्रत्यक्ष चुनाव जितेका राई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । राई अन्तरिम विधायिका पनि बनेका थिए ।

राई एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागे । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए । विप्लव समूहमा पोलिटव्युरो सदस्य रहँदा उनलाई सरकारसँग वार्ता जारी रहेको अन्तर्वार्ता दिएर पार्टी नीतिविपरीत बोलेको भन्दै निलम्बन गरियो । त्यसपछि उनी तत्कालीन नेकपा प्रवेश गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending