Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दसैँको मुखमा बजारमा चिनी र जीराको कृत्रिम अभाव

खबरडबली संवाददाता

काठमाडौं । दसैँको मुखमा बजारमा चिनी र जीराको कृत्रिम अभाव देखीएकाे छ । चाडबाडको मौकामा बजारमा चिनी र जीराको कृत्रिम अभाव देखीएकाे हाे ।

यतिबेला बजारमा व्यापारीले आफूखुसी खाद्यान्नको भाउ बढाएका सँगै कतिपय वस्तुको अभावसमेत हुन थालेको छ । दैनिक खाद्यान्नको मूल्य बढाएसँगै कृत्रिम अभाव सृजना गरेर कालोबजारी सुरू भएको उपभोक्ताको गुनासो छ ।

अहिले बजारमा चिनी र जीराको अभाव छ । जीराको मूल्य ३ गुणाले बढाएर प्रतिकेजी १ हजार ३ सयभन्दा माथि पुर्‍याइएको छ । सीमित थोक पसलमा पाइएपनि खुद्रामा चिनी पाइन छाडेको उपभोक्ताले बताएका छन् । तर, १५० रूपैयाँ तिर्न तयार हुँदा चिनी पाइने टिकाथलीकी प्रमिला भट्टराई बताउँछिन् । चिनी त झन् पसलमा पाइन छाडेको छ । प्रतिकेजी १ सयमा बिक्री भइरहेको चिनीको भाउ एक्कासी १३० देखि १५० रूपैयाँ पुर्‍याइएको छ ।

दसैँको मुखैमा आएर बजारमा चिनी सटेज भएको नेपाल खुद्रा व्यापार संघका कोषध्यक्ष वसन्त श्रेष्ठले बताए । राज्यले दसैँको बेला चिनी सटेज हुने कुरालाई ध्यान दिनुपर्ने भए पनि ध्यान नदिएकाे उनकाे भनाइ छ ।  अहिले बजारमा जीरा पनि सटेज रहेकेा बताउँदै उनले भन्सारमा समस्या भएको भन्दै जीरा कसैले निकालेका बताए ।  खाद्यान्नको १० प्रतिशतसम्म र जीराको भाउ मूल्य ३ गुणासम्म बढेको उनको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ बजारका सरकारकै कारण चिनीको हाहाकार भएको बताउँछन् । अहिले बजार नै विचौलीयाहरूले चलाइरहेका र दसैँको मौका छोपेर चिनी र जीराको हाहाकार बनाएकाे उनले बताए  । राज्यको कारण नै बजारमा मूल्यवृद्धि र अभाव भएको उनकाे आराेप छ ।

दुई महिनाअघि १३० रूपैयाँ प्रतिकिलो रहेको मुसुरीको दाल अहिले १ नम्बरको १७० पुगेको छ । प्रतिकेजी ४० रूपैयाँ बढेर रहरी दाल २३० पुगेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि पनि नेपाली बजारमा चामलको भाउ पनि बढिरहेको छ । संघका अनुसार बजारमा नयाँ चामल आउने बेला भएकोले बोरामा ५० देखि १ सयसम्म मूल्यवृद्धि भएको छ ।

भुटेको तोरीको तेलमा पनि प्रतिलितर ५ देखि १० रूपैयाँसम्म वृद्धि भएको छ । भुटेको तोरीको तेल प्रति लिटर ३६० रुपैयाँ, काँचो तोरीको तेल प्रति लिटर ३१० रूपैयाँसम्म रहेको छ । भने, भटमास तेल र सनफ्लावरको मूल्य प्रति लिटर २०५ रूपैयाँ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending