चितवन । चितवनको सौराहा नजिकै सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा आएको छ । खैरहनी नगरपालिका–१३ हर्नरी भन्ने ठाउँमा बनेको रिसोर्ट आइतबारबाट सञ्चालनमा आएको हो ।
सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको छ । पर्यटन व्यवसायी बासु ढुंगानाले ९ वर्षअघि निर्माण सुरू गरेको रिसोर्टमा पछि पूर्वसांसद उमेश श्रेष्ठ, विद्या लिम्बु, रमेशबाबु वाग्ले र गीता अधिकारी पाण्डेले पनि लगानी गरेका थिए । सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै यस क्षेत्रको सम्वृद्धिमा सहयोग गर्ने लक्ष्य रहेको बताए ।
बनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाका अनुसार रिसोर्ट निर्माणमा ४५ करोड रुपैयाँ खर्च भएको छ । रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको उनले बताए ।
तीन बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वनको नजिक छ। यहाँ २४ भिल्ला र २ स्वीटसहित ३४ वटा सुविधायुक्त कोठा छन्। भिल्लाहरू काठले बनेका, माटोले पोतिएका, खप्डाले छाएका छन्। सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ। रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि छन्।
रिसोर्टमा २ वटा सभा गोष्ठी हल, नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुरेन्ट रहेको महाप्रबन्धक प्रकाश न्यौपानेले बताए । न्यौपानेकाअनुसार यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म तिर्नुपर्छ। यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेजहरू प्राप्त गर्न सक्छन्। आन्तरिक पर्यटक एक जोडीलाई दस हजार रुपैयाँमा एक रात बसाइ र ब्रेकफास्टको सुविधा छ।
होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युटलगायतका व्यवसायको सञ्जाल तयार पारेर सिद्धार्थ ग्रुपले ३० शाखामार्फत सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । कैलालीको टीकापुर र कर्णाली चिसापानी, झापाको बिर्तामोड, नुवाकोटको बट्टार, कपिलवस्तुको चन्द्रौटा, काठमाडौंको बानेश्वर, तीनकुने, सुन्धारा, बौद्ध, धोवीघाट, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, बुटवल, चितवनको चुम्लिङटारपछि सौराहामा सेवा सुरू गरेको न्यौपानेले बताए।
यो ग्रुपले नेपालगञ्जमा चारतारे र भैरहवामा पाँचतारे होटल सञ्चालन गरेको छ। सिद्धार्थ भिलासा बनबासा रिसोर्ट पनि पाँचतारे होटलले दिने सेवा सुविधा दिनेगरी सुरू गरिएको अध्यक्ष बासु ढुंगानाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: