काठमाडौं । काठमाडौं फोटोग्राफर संघले शनिबार काठमाडौंमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको शुभकामना आदान-प्रदान गर्न आयोजित कार्यक्रममा निःशुल्क आँखा शिविर संचालन गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको आँखा शिविर कार्यक्रममा फोटोग्राफरहरुका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा मधुमेहका बिरामीका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिएको संघका अध्यक्ष हरि प्रसाद घिमिरे बताए । गत भदौ ३० गते संघको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भए सँगै फोटोग्राफरहरुमा विकसित समान्य तर जटिल समस्याको रुपमा देखापरिरहेकोले यो निःशुल्क शिविर संचालन गरेको हो । फोटोग्राफी पेसा डिजिटलाजेन्समा परिमार्जन भएसँग डिजिटल डिभाइसको प्रयोगले आँखामा आउनसक्ने समस्यालाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
निःशुल्क शिविरमा १ सय ७० भन्दा धेरै व्यक्तिहरू लाभान्वित भएको संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरे जानकारी दिए । संघका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार रत्नमान आँसु, पूर्व अध्यक्षद्वय बालकृष्ण श्रेष्ठ, मोति बहादुर बोगटी, निवर्तमान अध्यक्ष डिगम्बर राजवंशी, पूर्व उपाध्यक्ष जीवनाथ काफ्ले, भोजराज घिमिरे, निवर्तमान उपाध्यक्ष भोला काफ्ले, फोटो वाक नेपालका ओम यादव, वरिष्ठ फोटोग्राफर किशोर श्रेष्ठ तथा कार्यक्रम संयोजक हरि ज्ञवालि लगायतले चाडपर्वको शुभकामना मन्तव्य राखेका थिए ।
के एण्ड के कलेज, नयाँ बानेश्वरमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रेशम राज पण्डितले सञ्चालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ११:२१
काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...
आश्विन ४ गते, २०८१ - ११:१६
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...
आश्विन ४ गते, २०८१ - ११:१३
काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...
आश्विन ४ गते, २०८१ - ११:११
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...
आश्विन ४ गते, २०८१ - ११:०१
रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...
आश्विन ४ गते, २०८१ - ११:००
काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...
आश्विन ४ गते, २०८१ - १०:१७
बागलुङ । धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...
आश्विन ४ गते, २०८१ - १०:०९
हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - १०:००
काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...
आश्विन ३ गते, २०८१ - १९:५५
काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...
प्रतिकृया लेख्नुहोस्: