सुदूरपश्चिम । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवत: यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।
चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”
चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।
‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ,’ उनले भने, ‘चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौँ जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।’ भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।
हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर९भ्याट० समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौँमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ ।
धनगढी विमानस्थलबाट बुद्धएयर र श्री एएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।
निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: