Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कन्काई छठ सेवा समाजको चुनाव भाेली, विजय कुमार शर्माको पल्ला भारी

'धार्मीक तथा समाजिक संघसंस्थामा राजनीतिक गन्ध'

खबरडबली संवाददाता

झापा । झापाकाे कन्काई छठ पर्व समाजको निर्वाचनमा भाेली मंगलबारकाे लागि तय भएकाे छ ।  विजयकुमार शर्मा, धर्मेन्द्र शाह र रवीन्द्र गुप्ता चुनवी प्तिस्पर्धामा  उत्रिएका छन् । 

कोटिहोम धार्मिक विकास संस्था झापाको कनकाई नगर कमिटी छनोटमा मतभेद भएको र निर्वाचन प्रक्रियामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा विजयी भएका थिए । हरेक धार्मीक तथा समाजिक संघसंस्थामा राजनीतिक गन्ध आइ रहेकाे अवस्थामा याे उदाहरणिय कार्य भएकाे कन्काइ कोटिहोम धार्मिक विकास संस्थाका सदस्यहरु बताउँछन् ।

त्यसैगरी अहिले धार्मिक र समुदायमा आधारित कन्काई छठ सेवा समाजमा पनि राजनीतिक गन्ध देखिएकाे छ । असमझदारी र मतभिन्नता भएकै कारण समिति छनोट निर्वाचन प्रक्रियामा पुगेकाे छ । यस अघी सहमतिमा समिति पुनःगठन भएकाे भए पनि विजयकुमार शर्माको विरुद्ध भएकाे उम्मेदवारीले एकता प्रक्रिया टुटेको स्थानीयले बताएका छन् ।

शर्माले भद्र सहमतिमा आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र महत्तोलाई गुटबन्दी र शर्माको निकटको गुटको राजनीतिकरणबारे निर्वाचनमा होमिने वाहेककाे विकल्प नरहेको जानकारी गराए । शर्मा लामो समयदेखि सोही क्षेत्रमा बसेर विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् भने स्थापनाकालदेखि हालसम्म कनकाई छठ सेवा समाजमा संस्थापक भएर पनि राम्रो छवि बनाउन सफल भएका छन् । उनी सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष, र लामो समय देखि राम्रो छवि बनाउन सफल भएका पाबकाे रुपमा रहेका छन् ।

कन्काइको सावलमा शर्माले प्यानललाई निकै प्रभावशाली मानेका छन् । शर्माले आफ्नो कार्यकालमा समितिलाई सुदृढ गर्ने, समुदाय एकता र विकासका लागि विशेष अभ्यास गर्नेलगायत प्रतिबद्धता जनाएका छन् । उनले  हालै निर्माण भएको छठ सेवाको भवनको बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । समितिको आधारभूत योजना अन्तर्गत समितिका लागि सुविधासम्पन्न भवन र कार्यालयको व्यवस्था गर्ने उनकाे प्रतिवद्वता रहेकाे छ ।

उनले सबैलाई साथमा लैजाने अथक प्रयास गरेको भएपनि चुनाव छनोट गर्नुभन्दा बुद्धिका साथ अघि बढ्नु राम्रो भउकाे बताए । आफुले एक कार्यकालमा गरेको प्रतिबद्धता पूरा गरेर समिति हस्तान्तरण गर्नुपरेको बताउँदै उनले आफुलाई पनि एक समिति सदस्यले राजनीतिज्ञ बन्न बाध्य तुल्याएको बताए । चुनावमा बहुमत ल्याउछु भन्नेमा कुनै शंका नरहेकाे बताउँदै उनले आफ्नाे उम्मेदवारी सामुदायिक विकास र समाजको हितमा रहेकाे र सबै मतदाताले आफुलाई माया गर्ने बताए ।

शर्माले चुनाव चिन्ह चस्मा पाएका छन् भने उनी सँग प्तिस्पर्धा गर्ने   धर्मेन्द्र शाहले परेवा र   रवीन्द्र गुप्ताले कलश चुनाव चिन्ह पाएका छन् । कनकाई छठ सेवा समाजको निर्वाचनलाई ३० गतेलाई तोकिएको छ । छठ सेवा समितिको निर्वाचन युवाका लागि मात्र उम्मेदवार र आम जनता र मतदाताका लागि विषय बनेको छ ।

तराईमा विशेष सभ्यता र संस्कृति ल्याउने छठ पर्वले पूर्वी तराईमा अनुपम इतिहास रहेको भगवान सूर्य र षष्ठीदेवीको विशेष पूजा र उत्सवलाई झल्काउँछ । चड पर्व जन्माष्टमीबाट सुरु हुन्छ र छठ पुजामा समापन हुन्छ अर्थात् दक्षिणायन पनि सकिएको देखिन्छ । हरेक वर्ष विभिन्न समितिहरूले विशेष चाडपर्वको आयोजना गरी मनाउने र राम्रो काम गर्ने गर्दछन् । पूर्वी झापा निकै धार्मिक क्षेत्र भएकाले चुनावी माहोलमा छठ पर्वको ऐतिहासिकता जोगाउन कार्यसमिति गठनमा धेरै असहज र असमझदारी देखिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending