Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कन्काई छठ सेवा समाजको चुनाव भाेली, विजय कुमार शर्माको पल्ला भारी

'धार्मीक तथा समाजिक संघसंस्थामा राजनीतिक गन्ध'

खबरडबली संवाददाता

झापा । झापाकाे कन्काई छठ पर्व समाजको निर्वाचनमा भाेली मंगलबारकाे लागि तय भएकाे छ ।  विजयकुमार शर्मा, धर्मेन्द्र शाह र रवीन्द्र गुप्ता चुनवी प्तिस्पर्धामा  उत्रिएका छन् । 

कोटिहोम धार्मिक विकास संस्था झापाको कनकाई नगर कमिटी छनोटमा मतभेद भएको र निर्वाचन प्रक्रियामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा विजयी भएका थिए । हरेक धार्मीक तथा समाजिक संघसंस्थामा राजनीतिक गन्ध आइ रहेकाे अवस्थामा याे उदाहरणिय कार्य भएकाे कन्काइ कोटिहोम धार्मिक विकास संस्थाका सदस्यहरु बताउँछन् ।

त्यसैगरी अहिले धार्मिक र समुदायमा आधारित कन्काई छठ सेवा समाजमा पनि राजनीतिक गन्ध देखिएकाे छ । असमझदारी र मतभिन्नता भएकै कारण समिति छनोट निर्वाचन प्रक्रियामा पुगेकाे छ । यस अघी सहमतिमा समिति पुनःगठन भएकाे भए पनि विजयकुमार शर्माको विरुद्ध भएकाे उम्मेदवारीले एकता प्रक्रिया टुटेको स्थानीयले बताएका छन् ।

शर्माले भद्र सहमतिमा आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र महत्तोलाई गुटबन्दी र शर्माको निकटको गुटको राजनीतिकरणबारे निर्वाचनमा होमिने वाहेककाे विकल्प नरहेको जानकारी गराए । शर्मा लामो समयदेखि सोही क्षेत्रमा बसेर विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् भने स्थापनाकालदेखि हालसम्म कनकाई छठ सेवा समाजमा संस्थापक भएर पनि राम्रो छवि बनाउन सफल भएका छन् । उनी सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष, र लामो समय देखि राम्रो छवि बनाउन सफल भएका पाबकाे रुपमा रहेका छन् ।

कन्काइको सावलमा शर्माले प्यानललाई निकै प्रभावशाली मानेका छन् । शर्माले आफ्नो कार्यकालमा समितिलाई सुदृढ गर्ने, समुदाय एकता र विकासका लागि विशेष अभ्यास गर्नेलगायत प्रतिबद्धता जनाएका छन् । उनले  हालै निर्माण भएको छठ सेवाको भवनको बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । समितिको आधारभूत योजना अन्तर्गत समितिका लागि सुविधासम्पन्न भवन र कार्यालयको व्यवस्था गर्ने उनकाे प्रतिवद्वता रहेकाे छ ।

उनले सबैलाई साथमा लैजाने अथक प्रयास गरेको भएपनि चुनाव छनोट गर्नुभन्दा बुद्धिका साथ अघि बढ्नु राम्रो भउकाे बताए । आफुले एक कार्यकालमा गरेको प्रतिबद्धता पूरा गरेर समिति हस्तान्तरण गर्नुपरेको बताउँदै उनले आफुलाई पनि एक समिति सदस्यले राजनीतिज्ञ बन्न बाध्य तुल्याएको बताए । चुनावमा बहुमत ल्याउछु भन्नेमा कुनै शंका नरहेकाे बताउँदै उनले आफ्नाे उम्मेदवारी सामुदायिक विकास र समाजको हितमा रहेकाे र सबै मतदाताले आफुलाई माया गर्ने बताए ।

शर्माले चुनाव चिन्ह चस्मा पाएका छन् भने उनी सँग प्तिस्पर्धा गर्ने   धर्मेन्द्र शाहले परेवा र   रवीन्द्र गुप्ताले कलश चुनाव चिन्ह पाएका छन् । कनकाई छठ सेवा समाजको निर्वाचनलाई ३० गतेलाई तोकिएको छ । छठ सेवा समितिको निर्वाचन युवाका लागि मात्र उम्मेदवार र आम जनता र मतदाताका लागि विषय बनेको छ ।

तराईमा विशेष सभ्यता र संस्कृति ल्याउने छठ पर्वले पूर्वी तराईमा अनुपम इतिहास रहेको भगवान सूर्य र षष्ठीदेवीको विशेष पूजा र उत्सवलाई झल्काउँछ । चड पर्व जन्माष्टमीबाट सुरु हुन्छ र छठ पुजामा समापन हुन्छ अर्थात् दक्षिणायन पनि सकिएको देखिन्छ । हरेक वर्ष विभिन्न समितिहरूले विशेष चाडपर्वको आयोजना गरी मनाउने र राम्रो काम गर्ने गर्दछन् । पूर्वी झापा निकै धार्मिक क्षेत्र भएकाले चुनावी माहोलमा छठ पर्वको ऐतिहासिकता जोगाउन कार्यसमिति गठनमा धेरै असहज र असमझदारी देखिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending