Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

दशैं नजिकीए सँगै आन्तरिक उडानमा हवाई जहाजका ८० प्रतिशत टिकट बुकिङ्

खबरडबली संवाददाता

काठमाडौं  । दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् । 

काठमाडौंबाट बाहिरिनेमध्ये केही गन्तव्यका सबै टिकट अग्रिम बुकिङ् भइरसकेका छन् । अपर क्लासका  महँगो टिकट मात्र बाँकी रहेको एयरलान्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यतीको ८० प्रतिशत टिकटहरु बुकिङ् भइसकेका छन् । केही स्थानहरुको टिकट मात्र बाँकी रहेको उनको भनाइ छ ।

बसको जस्तो मिति तोकेर टिकट बुकिङ नखोलिने भएकाले अनलाइन टिकट बुकिङ् मार्फत यात्रुहरुले सहुलियत टिकट बुकिङ् गरिसकेको उनले बताए  ।  हवाई टिकट, बसको जस्तो मिति किटान गरेर नखुल्ने भएकाले अनलाइनबाट अग्रिम रुपमा नै काट्ने व्यवस्था भएकाले चाँडै बुकिङ् भएको उनकाे भनाइ छ । अनलाइनबाट काट्दा पहिले कम मूल्यका टिकटहरु काट्न मिल्ने भएकाले अब अपर क्लासका टिकट मात्र बाँकी रहेकाे उनले बताए ।

यस्तै बुद्द एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णले बुद्ध एयरलाइन्सको ८५ प्रतिशत टिकट बुकिङ् भइसकेको बताए । पछिल्ला दिनहरुमा अग्रिम टिकट बुकिङ् गनेको सङ्ख्या बढिहरहेको बताउँदै केही क्षेत्रमा ९० प्रतिशत टिकट अग्रिम रुपमा बुकिङ् भएको र केही स्थानमा ८० प्रतिशत बुकिङ् भएका उनले बताए ।

अहिले बुद्ध एयरले दैनिक ओहोरदोहोर गरेर १५० अडान गर्दै आएको छ । सञ्चार प्रबन्धक कर्णका अनुसार चाप बढिरहेकाले दशैँको आसपासमा माग बढी भएको खण्डमा उडान थप्न सकिनेछ । सुर्खेत र तुम्लिङ्टारमा सीमित मात्रामा मात्र उडान भएकाले कुनै यात्रुले टिकट स्थगित गरेको खण्डमा मात्र टिकट बिक्री गर्न सकिने अवस्था छ । 

यस्तै श्री एयरलान्सका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको पनि ८० प्रतिशत टिकट अग्रिम बुकिङ् सकिएको छ । उनका अनुसार दशैँमा बढी चाप विराटनगर, भद्रपुर, पोखराका लागि हुनेगरेको छ । दशैका लागि उपत्यकाबाट बाहिरिनेमा अध्याधिक चाप विराटनगर, भद्रपुर र पोखराको रहेकाे बताउँदै उनले अहिले अग्रिम टिकट बुकिङ् चाँडै सकिएको जनाए ।  दशैँपछि पनि  बुकिङकाे चाप यस्तै हुने उनकाे भनाइ छ ।

अहिले काठमाडौंदेखि धनगढीसम्मको अधिकतम हवाइ भाडादर १७ हजार १८६ छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर १३ हजार ५०१ रहेकाे छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरा र भरतपुरमध्ये सिमराको अधिकतम भाडादर चार हजार ६१ र भरतपुरको अधिकतम भाडादर चार हजार ७३९  रहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending