Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दशैं नजिकीए सँगै आन्तरिक उडानमा हवाई जहाजका ८० प्रतिशत टिकट बुकिङ्

खबरडबली संवाददाता

काठमाडौं  । दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् । 

काठमाडौंबाट बाहिरिनेमध्ये केही गन्तव्यका सबै टिकट अग्रिम बुकिङ् भइरसकेका छन् । अपर क्लासका  महँगो टिकट मात्र बाँकी रहेको एयरलान्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यतीको ८० प्रतिशत टिकटहरु बुकिङ् भइसकेका छन् । केही स्थानहरुको टिकट मात्र बाँकी रहेको उनको भनाइ छ ।

बसको जस्तो मिति तोकेर टिकट बुकिङ नखोलिने भएकाले अनलाइन टिकट बुकिङ् मार्फत यात्रुहरुले सहुलियत टिकट बुकिङ् गरिसकेको उनले बताए  ।  हवाई टिकट, बसको जस्तो मिति किटान गरेर नखुल्ने भएकाले अनलाइनबाट अग्रिम रुपमा नै काट्ने व्यवस्था भएकाले चाँडै बुकिङ् भएको उनकाे भनाइ छ । अनलाइनबाट काट्दा पहिले कम मूल्यका टिकटहरु काट्न मिल्ने भएकाले अब अपर क्लासका टिकट मात्र बाँकी रहेकाे उनले बताए ।

यस्तै बुद्द एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णले बुद्ध एयरलाइन्सको ८५ प्रतिशत टिकट बुकिङ् भइसकेको बताए । पछिल्ला दिनहरुमा अग्रिम टिकट बुकिङ् गनेको सङ्ख्या बढिहरहेको बताउँदै केही क्षेत्रमा ९० प्रतिशत टिकट अग्रिम रुपमा बुकिङ् भएको र केही स्थानमा ८० प्रतिशत बुकिङ् भएका उनले बताए ।

अहिले बुद्ध एयरले दैनिक ओहोरदोहोर गरेर १५० अडान गर्दै आएको छ । सञ्चार प्रबन्धक कर्णका अनुसार चाप बढिरहेकाले दशैँको आसपासमा माग बढी भएको खण्डमा उडान थप्न सकिनेछ । सुर्खेत र तुम्लिङ्टारमा सीमित मात्रामा मात्र उडान भएकाले कुनै यात्रुले टिकट स्थगित गरेको खण्डमा मात्र टिकट बिक्री गर्न सकिने अवस्था छ । 

यस्तै श्री एयरलान्सका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको पनि ८० प्रतिशत टिकट अग्रिम बुकिङ् सकिएको छ । उनका अनुसार दशैँमा बढी चाप विराटनगर, भद्रपुर, पोखराका लागि हुनेगरेको छ । दशैका लागि उपत्यकाबाट बाहिरिनेमा अध्याधिक चाप विराटनगर, भद्रपुर र पोखराको रहेकाे बताउँदै उनले अहिले अग्रिम टिकट बुकिङ् चाँडै सकिएको जनाए ।  दशैँपछि पनि  बुकिङकाे चाप यस्तै हुने उनकाे भनाइ छ ।

अहिले काठमाडौंदेखि धनगढीसम्मको अधिकतम हवाइ भाडादर १७ हजार १८६ छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर १३ हजार ५०१ रहेकाे छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरा र भरतपुरमध्ये सिमराको अधिकतम भाडादर चार हजार ६१ र भरतपुरको अधिकतम भाडादर चार हजार ७३९  रहेकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending