काठमाडौं । धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस्थामा छिन् ।
पारिवारिक जिम्मेवारी निभाउनुपर्ने भएपछि उनी बिदेसिएकी थिइन्। कुवेत हिँडे पनि एजेन्टको जालझेललेउनी ओमान पुगिन्। कक्षा ८ सम्म पढेकी उनी एक छोराकी आमा हुन्। पतिको साथ नपाएपछि कमाइका लागि बिदेसिनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो। काठमाडौंमा भेटिएका तर पहिला चिनजान नभएका एजेन्टले उनलाई भिजिट भिसामा ओमान पु¥याएका थिए। ओमान पुगेपछि नारकीय जीवन सुरु भएको उनले बताइन्।
‘बेचिएको भन्ने जानकारी एक श्रीलंकाली एजेन्टले दिएपछि होसहवास उड्यो,’ उनले भनिन्, ‘म लगिएको ठाउँमा २५÷३० नेपाली महिला थिए। एउटै कोठामा कोचिएका उनीहरू पनि बेचिएका रहेछन्। सबैको मोबाइल खोसिएको थाहा पाएँ।’ दाङकी ती महिलाले सुरुमा १८ दिन श्रीलंकालीद्वारा बन्धक हुँदाको समय १८ वर्षजत्तिकै लामो लागेको बताइन्। त्यहाँबाट फुत्किन धेरै प्रयास गरेको उनले सुनाइन्।
‘झ्यालका ससाना प्वालबाट कागजका टुक्रामा बचाइदिनू भन्ने सन्देश लेखेर फ्याँक्ने गरेका थियौं तर नेपालीमा लेखिएका त्यस्ता कागजका टुक्रा कता जान्थे जान्थे,’ नारकीय दिनहरू सम्झँदै ती महिलाले भनिन्।
उनीहरूलाई राखिएको कोठामा महिलाहरू आउनेजाने क्रम चलिरहेको उनले बनाइन्। आफूहरूलाई स्वदेश फर्काइदिनू भन्दै श्रीलंकाली एजेन्टसँग लाख बिन्ती गर्दा पनि तिनीबाट नेपाली एजेन्टले बेचेर गएको जवाफ मिल्ने गरेको उनले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: