Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संसदमा असीमित समयसम्म बोल्न पाउने अभ्यासमा परिमार्जन आवश्यक छ: सांंसद राणा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताएका छन् ।

उनले संसदमा कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गरे। संसदको लामो प्रक्रियाका कारण कतिपय अवस्थामा दिक्क पनि लाग्छ तर त्यही प्रक्रिया र वृहत छलफलका कारण पारित भएका विधेयक दिगो हुने उनको तर्क छ । यसलाई दुबै दृष्टिकोणले हेर्न सकिने उनले बताए । सांसद राणाले भने, “यसको अर्थ मैले संसदीय प्रक्रिया ‘सर्टकट’ बनाउनुपर्छ भन्न खाजेको होइन तर यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।”

ललितपुर क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दा संसदले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । “विपक्षी पनि धेरै भए । केही दल र संसद अपरिपक्व रुपमा प्रस्तुत हुँदा पनि सदन अवरोध हुने गरेको छ”, उनले भने । सरकारले पर्याप्त विजनेश दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको बुझाइ छ । “गठबन्धनका कारण सरकारमा धेरै पार्टी छन्, विधेयक ल्याउन पनि समय लाग्ने, अर्को कुरा संसदमा पार्टी पनि धेरै छन्”। संसद राणाले भने ।

अमेरिकाबाट स्नातकोत्तर अध्ययन गरेका उनले मुलुकका पछिल्ला भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानविन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिए । उनले भने, “सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ ।” 
    
सांसद राणाले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गरे । उनले भने, “संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणमा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कही न कही जोडिन्छ । यसलाई अस्वभाविक रुपमा लिनु हुँदैन । आफ्नो क्षेत्रको विकासको जिम्मेवारी हाम्रो पनि हो । तर यसमा पारदर्शी हुनुपर्छ भन्नेमा सबै स्पष्ट हुनुपर्छ ।”

यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत भएको उनको टिप्पणी छ । उनले भने, “यसबाट संसदको अधिकारमाथि हस्तक्षेप भएको भन्ने मलाई लागेको छ ।”

सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि केही गर्नुपर्ने उनको भनाइ छ । 

विसं २०२६ मा ललितपुरमा जन्मनु भएका उनी  १९ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको सक्रिय राजनीतिमा लागेका हुन् । राजनीतिक परिवारमै हुर्किएका उनी नेपाल तरुण दलमा विभिन्न भूमिका निर्वाह गरी केन्द्रीय अध्यक्ष बनेका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका संसद राणासँग यस अघि दोस्रो संविधानसभामा सांसद र सभासद्को भूमिका निर्वाह गरेको अनुभव पनि छ । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद राणाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसदमा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे।

“सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद राणाले भने, “केही सांसदले कहिलेकाही प्रोपागाण्डा बनाउन र सामाजिक सञ्जालमा छाउनका लागि अनेक किसिमले उटपट्याङ कुरा बोलेको पनि देखिन्छ, यसको उत्पादकत्व भने केही पनि छैन ।”

पूर्वअर्थ राज्यमन्त्री समेत रहेका उनले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले संयम रुपमा प्रस्तुत हुनुपर्ने र नैतिकवान बन्नुपर्ने धारणा राखे । सामाजिक सञ्जालमा छाउनेभन्दा पनि राष्ट्र निर्माणमा योगदान हुने गरी सदन र संसदीय समितिमा आफ्ना कुरा राख्नुपर्ने उनको भनाइ छ  । उनले विभिन्न ४० भन्दा बढी मुलुकको भ्रमण गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...

हिन्दु–मुस्लिम समुदायबीच विवाद हुँदा कपिलवस्तु अशान्त, प्रदर्शन रोक्न प्रहरीद्धारा लाठीचार्ज

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...

कांग्रेसभित्रको विवाद: देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय बैठक बोलाउने निर्णय

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...

रवि लामिछानेको मुद्दामा संशोधित निर्णयको फाइल मगाउने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...

अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमा

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...

मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था, तीन दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: