Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

विश्वकप छनोट फुटबल : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

खबरडबली संवाददाता

काठमाडौं । लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा नेपालले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।

उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए ।

१८औं मिनेटमा लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए ।

२२औं मिनेटमा नेपाल गोलको नजिक पुगेको थियो । तर उत्सव राईले एरिक विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो ।

३९औं मिनेटमा लाओसका चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

४८औं मिनेटमा मनिष डाँगीले सनिश श्रेष्ठको पासमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल थोरैले पोष्ट भन्दा बाहिर गएको थियो ।

६५औं मिनेटमा मनिष डाँगीले करिब २५ यार्डबाट हानेको लामो प्रहार लाओसका गोलकिपरले बचाएका थिए ।

७२औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीले अग्रता दोब्बर पार्ने अवसर गुमाए । उनले नजिकैबाट प्रहार गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

नेपालका कप्तान किरणले इन्जुरी टाइममा लाओसका काएडाभोन सौभानीको हेडर उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । यसै खेलबाट डिफेण्डर अमृत श्रेष्ठले नेपालका लागि डेब्यु गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending