Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

काेशीमा म्यूजिकल चेयरको खेल अन्त्य भएको छ: काँग्रेस

खबरडबली संवाददाता

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशले मुख्यमन्त्री निर्माणको म्यूजिकल खेल अन्त्य भएको बताएको छ । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री उद्धब थापाले यस्तो बताएका हुन् ।

उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्यूजिकल चेयरको खेल अन्त्य भएको बताए ।मुख्यमन्त्री कार्कीले कुण्ठा पोख्दै भनेको नमानी युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको बताए । मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला मिलाएको बताए ।

गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेद्वारलाई मान्ने भन्ने अवस्था आउन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिइने बताए । गठबन्धनका तीन जना शीर्ष नेताको हस्ताक्षरसहितको विज्ञप्ति आएको बताउँदै उनले एमाले अध्यक्ष ओलीको पनि विचार एक ठाउँमा राखेर यो सरकारलाई निरन्तरता दिन आग्रह गरे । उनले सम्भावित मध्यावधिलाई रोक्नुपर्नेमा जोड दिए ।

‘अन्य प्रदेशले बजेट अधिवेशन अन्त्य गरिसकेका छन्, हामीले बजेटलाई अध्यादेशमार्फत आएको छ । यसलाई पनि सहमतिबाट पास गरौं । यसलाई कसैले हारजीतको रुपमा नलिऔं,’ थापाले भने, ‘जनताले विकास निर्माणलाई पर्खेर बसेका छन् । कतिपय योजनाहरुमा काम भएको छ भुक्तानी गर्न बाँकी छ । त्यसले गर्दा प्रदेशलाई प्रगतिको बाटोमा अगाडि बढाउने हो भने सहमतिको माध्यामबाट यसलाई पनि टुंग्याउँ ।’
प्रदेशको नामकरण गरेपछि समस्या आएको भन्दै त्यस विषयमा बोल्दा आपत्ती जनाउनु आवश्यक नभएको बताए । ‘सडकमा आन्दोलन भइरहेको छ । के हो भनेर सरकारले सुन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ थापाले भने, ‘अब मुख्यमन्त्रीले पहिचानको मुद्दालाई सम्बोधन गर्ने दिशामा अगाडि बढ्नुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy