Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

२०८० कार्तिक २ गते बिहीवारकाे राशिफल

आत्माज्ञान गुरु
आत्माज्ञान गुरु

आज २०८० कार्तिक २ गते, बिहीवार, १९ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष पञ्चमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। हेराैं आजजकाे तपाइकाे राशिफलः

मेष  :  समय  सोचे  अनुरुपको देखिदैन् ।  विद्यार्थी वर्गका लागि अध्ययनमा रुची घट्दै जाने हुँदा   परीक्षामा सोचे जस्तो नतिजा  नआउँन सक्ला  । व्यापारमा घाटा हुदा मन चिन्तित रहनेछ । स्वास्थ्य समस्या बढ्न सक्छ बिशेष सवधानी  अपनाउँनु होला ।

वृष : नयाँ घरमा प्रवेश गर्ने अवसर प्राप्त होला । पारिवारिक भेटघाट गर्ने रमाईलो अवसरमिल्नेछ । बोलिको प्रभाव बढ्दै जाने  हुदा  रोकिएको  कामहरु पनि बन्ने  समय  रहेको छ  ।

मिथुन : अध्ययनको क्षेत्रमा सफलता मिल्न सक्छ । थालनी गरेको  काममा सफलता मिल्दै जानेछ । नयाँ व्यवसायको सुरुआत गर्न  समय  राम्रो  रहेको छ  ।नसोचेको  धन हात पर्न सक्छ । 

कर्कट :   प्रिय मान्छेसँगको दुरी घट्दै जानेछ । मनोरञ्जन गरेर दिन  बित्न सक्छ । बौद्धिक क्षेत्रसँग सम्बन्धित  काम गर्दा बढि  सफलता   मिल्ने । महत्वपूर्ण  निर्णय  गर्नका लागि  आजको दिन  शुभ देखिन्छ । 

सिंह : आफन्तहरुसँग भैझगडा हुनसक्छ । हतारमा गरिने निर्णयले गलत  प्रतिफल  आउँन सक्छ  अरुको सल्लाह   लिएर अगाडी  बढ्दा फाईदा  मिल्नेछ ।  आजको दिनमा  थालनी गरेको काम  सफल  हुनलाई ढिला  हुनसक्छ  बढि मेहनतका साथ  अगाडी बढ्नु होला । 

कन्या : विदेशमा  रहनु  भएको  आफन्तजनबाट  विशेष  सहयोग मिल्ने समय  रहेको  छ   । पराक्रममा  वृद्धि हुँदा  शारीरिक  परिश्रमबाट हुने  काममा  फाईदा मिल्नेछ । यात्रा गर्नका  लागि  दिन शुभ  देखिन्छ । 

तुला : कार्यस्थलमा प्रशंशा मिल्नेछ । स्वास्थ्यमा सुधार आउँने हुदा  शरिरमा फूर्ति  बढ्दै जानेछ । पारिवारका राम्रो वातावरण  हुँदा मनप्रशन्न रहने छ।

वृश्चिक : सकारात्मक  सोचको विकास हुँदा  दिन शुभ बित्नेछ ।  आम्दानीको नयाँ अवसर मिल्दै जानेछ । रोकिएको धन हात पर्न सक्छ । मित्र मिलनको अवसर प्राप्त हुनेछ ।

धनु : दाम्पत्य सम्बन्धमा समस्या आउँन सक्छ,  बोलिमा  विशेष सावधानी अपनाउँनु  होला । धन खर्च बढ्ने योग छ । वैदेशिक काममा झमेला आउँन सक्छ  मान्यजनको सल्लाह  लिदा  उपयुक्त  होला ।

मकर  : हराएको धन  हात पर्ने समय छ ।  नसोचेको ठाँउबाट धन   तथा उपहार  आउँन सक्छ । साथीभाईको साथले  गर्दा  लाभ  हुनेछ ।  स्वास्थ्यमा  सुधार आउँने छ ।

कुम्भ : पितासँगको सम्बन्धमा  सुधार आउँने छ । सामाजिक   तथा परोपकारको कार्यमा सहभागी  हुने  मौका मिल्नेछ ।  कार्य क्षेत्रमा  जिम्मेवारी बढ्दै जानेछ ।

मीन  : प्रतिभाको कारणले  गर्दा मानसम्मान  मिल्ने छ । धार्मिक काममा रुची बढदै जानेछ । रमाईलो यात्राको अवसर मिल्नेछ । पारिवारिक  सम्बन्धमा सुधार होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending