Ntc summer Offer
Khabar Dabali २५ कार्तिक २०८१ आईतवार | 10th November, 2024 Sun
Investment bank

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

खबरडबली संवाददाता

पर्वत । पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

“कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, आचार्यले भने, “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।” विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप रू दुई हजार पाँच सयका दरले कूल रू एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ । जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ । वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यकपर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिए ।

वार्षिक २७ लाख ६३ हजार एक सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार आठ सय ३६ लिटर दूध निकासी हुने गरेको उनले बताए । वार्षिक तीन लाख तीन सय ५६ किलोग्राम मासु आवश्यकपर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार सात सय ९२ वटा अण्डा आवश्यकपर्नेमा छ लाख ५७ हजार दुई सय ८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१ सय केजी गाँजासहित युवक पक्राउ

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखे...

मोबाइल चार्ज गर्ने क्रममा सर्लाहीमा करेन्ट लागेर किशोरको मृत्यु

सर्लाही । सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् । ग...

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङि...

रूपन्देही सुपरलिगः साई ग्लोबलमाथि देवदहको सात विकेटको जित

भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेल...

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ लाई ‘कथा चोरी’ को आरोप

कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...

सांसदहरू मन्त्री बन्नै प्रक्रियाले भ्रष्टाचार बढायोः अध्यक्ष प्रचण्ड

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...

बाढीले बगर बनायो दक्षिणपूर्वी ललितपुरको गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...

सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरको डोजर

ललितपुर । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख ...

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy