Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

२०८० कात्तिक ३ गतेको राशिफल

खबरडबली संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला। आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ। मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ। बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ। उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पुरानो समस्या सुल्झाउन सकिने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। कामबाट पनि फुर्सद पाइने छ। प्रशंसकहरू बढ्नेछन्। आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। होसियारीसाथ काम लिनुपर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्याङ्कन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा राम्रै लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो  स्थानमा रहेकाले साथीभाई तथा अन्य विश्वासपात्रबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा उचित समय दिन नसकिएला। आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट प्रथम स्थान अर्थात् वृश्चिक राशिमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ। साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ। गरेको कामले प्रशंसा पाउने छ। दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। परिवार, सहकर्मी तथा साथीभाईसँग विवाद हुन सक्ने सम्भावना छ। स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ। मनोरन्जनको क्षेत्र खर्च हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कामका लागि अनुकूल समय छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहेकाले प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बोल्दा विचार पुर्याउनु पर्ने समय छ, अन्यथा काम बिग्रिन सक्छ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending