Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

खुद्रा बजारमा सहज बन्दै चिनी, दुई दिनमा ३५ टन चिनी खुद्रा बजारमा ल्याइयो

खबरडबली संवाददाता

काठमाडाैं ।  काठमाडौं उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेको छ । खुद्रा व्यापार संघले बुधबार र बिहीबार उपत्यकाभित्र करिब ३५ टन चिनी (६ सय ९३ बोरा) ल्याएको हो ।

बुधबार तीन सय ८० र बिहीबार तीन सय १३ बोरा चिनी उपत्यकामा आइपुगेको संघले जनाएको छ । बुधबारबाट चिनी आएसँगै बजारमा चिनी सहज हुन थालेको खुद्रा व्यापार संघको भनाइ छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष ध्रुव अधिकारीले बजारमा चिनी सहज हुन थालेको बताए । उनले भने, ‘अहिले केही सहज भएको छ, अझै पाँच सय बोरा चिनी आउने क्रममा छ, त्यसपछि बजार झनै सहज हुन्छ ।’

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले मंगलबार चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर कोकाकोला र पेप्सीलगायत पेय पदार्थहरूले खरिद गरेको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।

महोत्तरीको एभरेस्ट मिलबाट खुद्रा व्यापारीले चिनी खरिद गरी ल्याएका हुन् । खुद्रा व्यापारीले उद्योगीसँग प्रतिकिलो एक सय ११ रुपैयाँ ५० पैसामा खरिद गरेका हुन् । ढुवानी, लोड–अनलोडसहित जोडेर उपभोक्तालाई व्यापारीले प्रतिकिलो एक सय १५ रुपैयाँमा बिक्री गर्न थालेका छन् । खुद्रा व्यापार संघले प्रतिपरिवालाई दुई किलो मात्र दिन सकिने जनाएको छ । 

व्यापारीहरू चिनीमा घाटा लाग्ने भन्दै खरिद गर्न मानिरहेका छैनन् । अहिले माग भए पनि सरकारले चिनी ल्याएसँगै चिनी बिक्री नहुने आशंकामा व्यापारीहरू चिनी खरिद गर्न नमानेको उनको भनाइ छ । ढुवानी भाडा, लोड–अनलोडमा महँगो परेपछि चिनीमा घाटा देखिएको र व्यापारीहरूले किन्न नमानेकाे उनकाे भनाइ छ ।याे समाचार नयाँपत्रिका दैनिकमा रहेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: