काठमाडाैं । काठमाडौं उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेको छ । खुद्रा व्यापार संघले बुधबार र बिहीबार उपत्यकाभित्र करिब ३५ टन चिनी (६ सय ९३ बोरा) ल्याएको हो ।
बुधबार तीन सय ८० र बिहीबार तीन सय १३ बोरा चिनी उपत्यकामा आइपुगेको संघले जनाएको छ । बुधबारबाट चिनी आएसँगै बजारमा चिनी सहज हुन थालेको खुद्रा व्यापार संघको भनाइ छ । खुद्रा व्यापार संघका कोषाध्यक्ष ध्रुव अधिकारीले बजारमा चिनी सहज हुन थालेको बताए । उनले भने, ‘अहिले केही सहज भएको छ, अझै पाँच सय बोरा चिनी आउने क्रममा छ, त्यसपछि बजार झनै सहज हुन्छ ।’
बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले मंगलबार चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर कोकाकोला र पेप्सीलगायत पेय पदार्थहरूले खरिद गरेको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
महोत्तरीको एभरेस्ट मिलबाट खुद्रा व्यापारीले चिनी खरिद गरी ल्याएका हुन् । खुद्रा व्यापारीले उद्योगीसँग प्रतिकिलो एक सय ११ रुपैयाँ ५० पैसामा खरिद गरेका हुन् । ढुवानी, लोड–अनलोडसहित जोडेर उपभोक्तालाई व्यापारीले प्रतिकिलो एक सय १५ रुपैयाँमा बिक्री गर्न थालेका छन् । खुद्रा व्यापार संघले प्रतिपरिवालाई दुई किलो मात्र दिन सकिने जनाएको छ ।
व्यापारीहरू चिनीमा घाटा लाग्ने भन्दै खरिद गर्न मानिरहेका छैनन् । अहिले माग भए पनि सरकारले चिनी ल्याएसँगै चिनी बिक्री नहुने आशंकामा व्यापारीहरू चिनी खरिद गर्न नमानेको उनको भनाइ छ । ढुवानी भाडा, लोड–अनलोडमा महँगो परेपछि चिनीमा घाटा देखिएको र व्यापारीहरूले किन्न नमानेकाे उनकाे भनाइ छ ।याे समाचार नयाँपत्रिका दैनिकमा रहेकेा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: