काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वको मुखमा चिनीलगायत उपभोग्य वस्तुको अभाव, महँगी र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन गरेको छ । समिति सभापति रामहरि खतिवडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित विभागहरूसँग समन्वय गरेर काठमाडौंका थोक तथा खुद्रा पसलहरूमा मंगलबार र बुधबार गरी दुई दिन अनुगमन गरेका हुन् ।
उपभोक्ताबाट बजारमा चिनी नपाएको, महँगी अचाक्ली बढेको, उपभोग्य वस्तुको कालोबजारी भइरहेको गुनासो आएपछि पसलहरूमा अनुगमन गरी सहजीकरणको प्रयास गरिएको सभापति खतिवडाले बताए । ‘दसैँमा चिनी अभाव हुँदा सरकारले वास्ता गरेन । दुई–चार कम्पनीलाई सिन्डिकेटका आधारमा दिन खोज्दा चिनी अभाव भयो । एक किलो चिनी लिन हजार रुपैयाँ तिर्नुपर्ने, चार घन्टा लाइनमा बस्नुपर्ने अवस्था सिर्जना गरियो,’ उनले भने, ‘यसको समाधान के हो त भनेर मैले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन तथा सहजीकरण गरेको हुँ । यसको सकारात्मक परिणाम देखिएको छ ।’
सभापति खतिवडाले अनुगमनपछि समस्या पहिचान गरेर भारतीय कम्पनीबाट सीधै चिनी आयात थालिएको र बजारमा अभाव सामान्य बन्दै गएको बताए । ‘भारतीय कम्पनीबाट सरकारले सीधै चिनी खरिद गरेर खुद्रा व्यापारीमार्फत बजारमा आपूर्ति गरेको छ । हालसम्म १४ वटा ट्रकमा चिनी आएको वाणिज्य विभागको तथ्यांक छ । विभागका महानिर्देशकले बजारमा सहजता हुँदै गएको भन्नुभएको छ,’ उनले भने । महँगी र कालोबजारी नियन्त्रणका सन्दर्भमा पनि सम्बन्धित मन्त्रालय र विभागको ध्यानाकर्षण गराई निर्देशन दिइएको खतिवडाले बताए ।
सभापति खतिवडाले चाडपर्वका वेला सार्वजनिक यातायातमा देखिएको समस्या समाधान गर्न पनि चासो देखाएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक डिआइजी, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी सिन्डिकेट हुन नदिन ध्यानाकर्षण गराएको उनले बताए । ‘दसैँका वेला कुनै पनि गाडी सिन्डिकेटजस्तो आवतजावतमा अनुमति लिनुपर्ने, स्पिड पनि हेर्ने र बढी यात्रु राख्न नदिने, मूल्य बढी लिएको भए कारबाही गर्नुप¥यो भनेर सम्बन्धित निकायसँग समन्वय गरेको छु,’ सभापति खतिवडाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: