Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दशैंमा मुस्ताङबाट मात्रै २३ करोडको च्याङ्ग्रा निकासी

खबरडबली संवाददाता

म्याग्दी । दसैँलाई लक्षित गरी मुस्ताङबाट २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो ।

च्याङग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई प्रतिगोटा १५ रूपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजारको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर भाउ बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचितुवा, ब्वासो र जंगली कुकुरले च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानिया बताउँछन् । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending