पाल्पा । बडादशैंमा हुनेखानेका घरमा उल्लास छ तर हुँदा खानेलाई त्यो अवसर कहाँ मिल्छ र ? पाल्पाका बोटे, माझी समुदायमा सधैंजस्तै यसपालिको दशैं पनि खल्लो छ ।
पाल्पाको कालीगण्डकी नदीको किनारमा बसोबास गर्दै आएका यी समुदायलाई दशैं मनाउने भन्दा पनि दैनिक गर्जो कसरी टार्ने भन्ने चिन्ता बढी छ ।
बगनासकाली ६ दर्पुककी अन्जिता बोटे परिवारसँग खुसी साट्ने र रमाइलो गर्ने यो पर्वमा घरमा आउने पाहुना र आफ्नै परिवारका सदस्यको खर्च धान्न मुस्किल हुने गरेको बताउँछिन् । ‘दशैं पर्वले कुनै रौनक ल्याएको छैन,’ उनले भनिन् ।
यो समुदायका मानिसहरु दिनभरी मेहनत गरेको कमाइबाट बेलुकाको खर्चको जोहो गर्ने प्रचलन रहेका कारण अन्य दिन जस्तै सामान्य तरिकाबाट पर्व मनाउने सोचमा रहेको बगनासकाली ६ सन्तबीर बोटेले बताए ।
पाल्पाको बगनसकालीको दर्पुक, मचेटा, दैलातुङ्ग, तानसेनको छेर्लुङ्ग, रम्भाको अर्सेदी, लगायतका स्थानमा बोटे माझीको समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पाका ५७८ बोटे तथा ३४५ माझी समुदायको जनसंख्या छ । यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई अहिले पर्व मनाउनका लागि हम्मेहम्मे रहेको उनीहरु बताउँछन् ।
यी समुदायका मानिसहरु नदी किनारमा माछा मारेर परिवारको गर्जो टार्ने गर्दछन् । तर, पछिल्लो समय माछा मारेर गुजारा नचल्ने र अन्य सीप कम भएकाहरुले ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने गर्दै आएका छन् । कतिपय घर खर्च चलाउन काम खोज्दै भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: