वालिङ । भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ । नगरपालिकाको सहयोगमा सञ्चालित गौशालाले आधुनिक मेसिन जडान गरी औषधिजन्य गोअर्क उत्पादन सुरु गरेको हो ।
गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आर्थिक अभाव हुन नदिन वैकल्पिक उपायको खोजी गरिएको गौशाला व्यवस्थापन तथा प्रवर्धन समितिका संरक्षक एवं भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले जानकारी दिए ।
गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर ४ सयमा बिक्री गर्ने तयारी गरेको खनालको भनाइ छ । बिहानको समयमा सुर्याेदय हुनभन्दा अगाडि गहुत थापी आधुनिक हिटिङ प्लान्टमा पकाई त्यसबाट निस्किएको गहुत प्याक गरेर बिक्री गर्न थालिएकाे उनले बताए ।
अहिले गौशालामा २९ गाई रहेको खनालले बताए । गौशालाले गएको बर्ष मात्रै मल बेचेर ४० हजार आम्दानी गरेको थियो । गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती र फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले अब किलोका हिसाबले बिक्री गर्ने योजना रहेको खनालको भनाइ छ । गाईको मललाई पनि विशेष तरिकाबाट प्याकिङ गरिने उनले बताए ।
समितिका अनुसार गौशालामा रहेको गहुत प्रशोधन केन्द्रबाट दैनिक १० लिटरसम्म गोअर्क उत्पादन हुन्छ । प्रशोधित गहुत (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाइदा भएको समितिका अध्यक्ष खुमकान्त खनालले बताए ।
भीरकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग र स्थानीयको ६ लाख गरी १६ लाखमा निर्माण भएकोे गौशाला गएको बर्षदेखि स्थानीय समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन खर्च समिति आफैँले बेहोर्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: