सुनसरी । सुनसरीकाे वराहक्षेत्र नगारपालिकाका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनिल पोख्रेल पक्राउ परेका हुन् ।
उनलाई बुधबार इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो । गत मङ्गलबार कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षका निरीक्षक पोख्रेलले जबर्जस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
भाग्न खोज्दा बालिकालाई २ सय रुपैयाँ दिने भन्दै 'कसैलाई नभन्नू' भनेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ । भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आफ्नी आमालाई सुनाएकी थिइन् । परिवारले प्रहरीमा उजुरी दिएपछि पोख्रेललाई पक्राउ गरिएको थियो । उनलाई करणी प्रयासको आरोपमा म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ भने बालिकालाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गराउन लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
घटनाको विषयमा जानकारी लिन फोन सम्पर्क गर्दा सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी नवीन सिंह भण्डारीले यो विषयमा सूचना दिन नमिल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: