सल्यान । सल्यानको बागचौर नगरपालिका-७ कोटबारामा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेका छन् ।
उनलाई कार्तिकको ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मापसे सेवन गरेर कुटपिट गरेका थिए ।
केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेको र घनश्यामले ढोग गर्न नमान्दा उनीहरूले कुटपिट गरेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रहरी प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिए । उनीहरूले मदिरा सेवन गरेर ढाेग गर्न लगाएका र घनश्यामले नमान्दा झगडा भएकाे मगरले बताए । त्यसपछि उनीहरुले कुटपिट गर्दा घनश्यामको स्वास्थमा समस्या आएपछि उनका आफन्तले धामीझाँक्रीलाई देखाएका भए पनि घनश्यामले दुईदिन पछि मात्रै आफन्तलाई कार्तिक ४ गते कुटपिट गरेका थिए भनेर जानकारी दिएका थिए ।
त्यसपछि मात्रै दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा उपचारका लागि पुर्याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव हुँदैन नेपालगन्ज लैजान भनेका थिए । तर, घनश्यामका आफन्तले नेपालगन्ज नलिएर भारतको नानपारामा लिएको थियो । तर, आज उपचारको क्रममा मृत्यु भएको हो ।,
कुटपिट गर्ने कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापा मगरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: