Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

आफ्नै आमाले गरिन १६ दिने बच्चाको घाँटी रेटी हत्या प्रयास

खबरडबली संवाददाता

दाङ । आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटी हत्याको प्रयास गरेकी छन् भन्दा जो कसैले पनि पत्याउन गार्हो हुन्छ तर दाङमा भएको छ यस्तै । दाङकाे लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन ।

घटना गत बुधबार दिउँसो ४ बजे तिरको हो । दाङको देउखुरीमा घरका सबै सदस्य काममै बिजि थिए । आमा भित्र बच्चा सँगै थिईन । उनको दिमागमा एक्कासी के उब्जियो ? उनी निर्दयी बन्न पुगिन । ९ महिना कोखमा राखिन तर १६ दिन अघि जन्माएको छोरीको आफै हत्याको प्रयास गरिन । दुखसुख सहेर आफैले यो सँसार देखाएकी आमाले बच्चाको हत्याको प्रयास कसरी गर्न सक्ला? सोच मग्न बिषय बनेको छ । समाज आश्चर्य चकित छ ।

तरकारी काट्ने चाकुले घाँटीमा रेटिएको छ । उनले बच्चालाई घर पछाडी लगेर घाँटी रेटिन । लगत्तै बच्चालाई बोकेर झाडी तिर जाँदा उनका देवर सुमन चौधरीले बच्चा रोएको आवाज सुने । अनि कुदेर बच्चा खोसे । सायद उनी बच्चा मर्यो भन्ने सोचले झाडीमा फाल्न जादै थिईन । देवरले तत्कालै बच्चालाई अस्पताल लगे । लमही अस्पतालमा सामान्य उपचार पछि घोराही रेफर गरिएको छ । चिकित्सकका अनुसार बच्चाको अबस्था गम्भीर छ ।

उनी आफै सुत्केरी पश्चात् बिरामी छिन । एकोहोरो भएकि छिन । उनमा पनि औषधी चलिरहेको छ । उनका माइजू अस्मती चौधरीका अनुसार गत २३ गते उनले आफ्नो बच्चालाई जन्म दिएकी हुन । सुत्केरी भएपश्चात अत्यधिक रक्तश्राब भएपछि चिकित्सकको सल्लाह अनुसार उनको थप उपचार नेपालगञ्जमा भयो । ३ दिनको उपचार पश्चात् उनी डिस्चार्ज भएर घर आईन । सबथोक राम्रै चल्दै थियो । तर बुधबार उनले के गरिन यो कसैले सोच्न पनि नसक्ने भयो ।

उनका श्रिमान सिउ कुमार चौधरीले पनि घरमा दोस्रो सन्तानका रुपमा जन्मिएको भनेर खुसी भएको बताए । उनले भने श्रिमतीबाट घृणित घटना भयो, यस्तो सोचेकै थिएन, सब ठिक थियो, उनलाई के भयो एक्कासी सोच्नै सकिन । घाँटी रेटिएको बच्चा निरम र सिउकुमारको दोस्रो सन्तान हुन । उनिहरुको ३ बर्षिय अर्को छोरी पनि छन । उनको आर्थिक अबस्था कमजोर छ । एकोहोरो छिन । धेरै कुरा सोच्न सक्दिनन् त्यसैले पनि यस्तो अप्रिय घटना घट्यो कि भनेर समाजले आँकलन गर्न थालेको छ ।

उनि अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending