काठमाडौं । बुधबार दिउँसो एक बजे तिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खानाखान थाल थाप्दै थिए ।
दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोद प्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापि रहेको थियो ।
विनोद प्रसाद साह र निर्मला देवी साह आफ्ना दुई सन्तान प्रेम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो ।
दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस्।
दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, ‘के दशैँ के चाडवाड हामी त न्याय नपाए सम्म घर नफर्किने भनेर हिँडेका हौँ । न्याय नपाएसम्म घर फर्किने छैनौं ।’ तर सरकार निर्दयी बनेको उनको गुनासो छ । प्रशासनले दशैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए ।
एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको गएको पत्तै छैन साह परिवारलाई । आरतीकी आमाका आँखा ओभाएका छैनन् । कसैले केही सोध्यो भने केही बोल्दिनन् । आँशु मात्रै झार्छिन् । रोएर पीडा सकिँदो रहेनछ । गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोद प्रसाद साहको मोबाइलमा फोन आयो । त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदन मोहन साहको थियो । विनोद प्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटक–पटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन् ।
आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भई सकेको थियो । २२ वर्षीया आरतीको २२ महिना अघि मात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो ।
विवाहमा मागेको २५ लाख रुपैयाँ दाईजो लिएको साह परिवारले पछि दाईजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ । मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदन मोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ ।
दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ । ‘सरकारले न्यायको प्रक्रियामात्रै सुरु गरि दिए पनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’ मनिषाले भनिन् ।
आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेता देखि अधिकारकर्मी सम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिले सम्म ठोस प्रगति नहुँदा उनीहरु निरास भएका छन् ।
चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन् । आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: