Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तोकिएभन्दा बढी भाडा असुल्दै सवारी साधन

खबरडबली संवाददाता

धनकुटा । चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्नेगरेको पाइएको छ । बिभिन्न स्थानमा तोकीएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । 

धरानबाट धनकुटाको हिलेसम्म तोकीएको भाडा ४५० भए पनि प्रतिब्याक्ति ८ सय रुपियाँसम्म भाडा लिनेगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका इन्चार्ज प्रहरी बरीष्ठ नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए । 

त्यस्तै, धनकुटाको धनकुटा–हिले–सिधुवा–पाख्रिसास लगायतको स्थानबाट समेत तराई झर्ने क्रममा बढी भाडा असुल्ने गरेको पाइएको उनको भनाइ छ । “भाडा बढी लिएको गुनासो त पहिले देखिकै हो, तर चाडवाडमा पहिलेभन्दा दोब्बर बढीसम्म भाडा लिनेगरेका रहेछन्, नियन्त्रण गर्ने अभियानमा हामी छौं” शर्माले भने । धनकुटाका बिभिन्न गाउँजाने सवारी साधनले समेत बढी भाडा लिएको गुनासो आउनेगरेको छ ।

त्यसो त गाडिहरुले अहिले चलानी पनि नदिने र टिकट समेत नदिने गरेको यात्रुको गुनासो छ । टिकट पनि नदिने चलानी पनि नदिने गरेकाले सवारी साधनलाई कार्बाही गर्न समस्या हुनेगरेको शर्माको भनाइ छ । त्यस्तै, यात्रुले समेत सवारी साधनमा हुँदा सवारी चालकको डरले गुनासो नगर्ने तर गन्तब्यमा पुगेपछि मात्र गुनासो राख्नेगरेको उनले बताए  ।   

गाडि नपाइने, रिजर्भ गर्नुपर्छ, भरे यहि पनि गाडि पाइदैनकी, तपाई नगए अरु जान्छन् जस्ता समस्या देखाएर गाडीवालाले बढी भाडा असुल गर्नेगरेको यात्रुको भनाइ छ । दसैंलेगर्दा भाडा बढेको भनेर सधै चारसय रुपियाँ ओहोरदोहोर गरिरहेको धरान हिले सडकखण्डमा आठसय रुपियाँ लिएर मात्र गाडि चढ्न दिएको यात्रु कोपिला खड्काको भनाइ छ ।  

पहाडवाट तराइतर्फ जाने सवारी साधनभन्दा पनि सुनसरीको धरानवाट कोशी पहाडका जिल्लातर्फ जाने सवारीसाधनले भढी भाडा असुलिरहेको उनको भनाइ छ । ठूला सबारी साधनभन्दा पनि साना सवारी साधनले बढी भाडा लिनेगरेको पाइएको छ । भाडा बढी लिएको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । 

चाडवाडमा बढी भाडा लिएको गुनासो आएपछि कार्यालयले चेकजाँचलाई तिब्र पारेको सो कार्यालयको भनाइ छ । धनकुटाको हिले, धनकुटा, भेडेटार मुलघाट लगायतको स्थानमा चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले जनाएको छ । 

बढी भाडा लिने सबारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरीवाना गराउने प्राबधानअनुरुप कारवाही गरिरहेको जनाइएको छ । अहिलेसम्म एक सयभन्दा बढी सवारी साधनलाई कारवाही गरिएको कार्यलयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending