चितवन । भरतपुर महानगरपालिकाले गरेको काममा भएका बेथिति, ढिलासुस्ती तथा सुशासनमा प्रश्न उठाएर विभिन्न सरोकारवाला पक्ष तथा व्यक्तिले महानगरको विरुद्धमा सरकारका विभिन्न निकायमा १४७ वटा उजुरी तथा गुनासो गरेका छन् ।
महानगरले गरेका विभिन्न कामबाट असन्तुष्ट सरोकारवाला पक्षले गत आर्थिक वर्षभरिका कार्यशैली तथा सुशासनमा प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेल्लो सरकार, सतर्कता केन्द्र र महानगरमा नै गरी ती उजुरी परेको हो ।
भरतपुर महानगरपालि आफैंले जिल्लाका सरकारी कार्यालयहरूको वर्षिक कार्य प्रगति समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार महानगरविरुद्धमा गत आर्थिक वर्षमा उक्त उजुरी परेका हुन् । तीमध्ये सबैभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९६ वटा छन् । ९० वटा फर्च्छ्यौट भइसकेको छ । बाँकी ६ वटाको भने जवाफ पठाएको महानगरपालिकाले जनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सुशासन तथा विभिन्न आयोजना, विद्यालय, बजार अनुगमनलगायतका विषयमा उजुरी परेका छन् ।
त्यसैगरी हेलो सरकारमा ४३ वटा उजुरी परेको थियो । तीमध्ये ८ वटाको जवाफ पठाएको, बाँकी ३५ वटाको टुंगो लागिसकेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रमा एउटामात्रै उजुरी परेको छ । सतर्कता केन्द्रको उजुरी भने टुंगिन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: