रूकुम पश्चिम । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रत्रीले यस्तो दाबी गरेका हुन् ।
कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री प्रचण्डले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाए । बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको बताए ।
उनले भने 'अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न,' उनले भने, 'अरू पनि थुप्रै विषय छन् । सबै फाइल खोलिन्छ र कारबाही अघि बढाइन्छ । ढुक्क हुनुस् ।'
त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफूले नै 'प्रचण्डपथ' त्यागेको स्वीकार गर्दै यसपछी माओवादी टुटफुटको अवस्थामा पुगेकोमा दु:ख व्यक्त गरे । 'अब व्यापक रूपमा विचारको बहस गरिनेछ । अनि पर्टीलाई नयाँ शिराबाट अघि बढाइनेछ,' उनले भने, 'अब सबै माओवादी एकीकृत भएर अघि बढ्नुको विकल्प छैन ।'
माओवादी केन्द्रले थालेको ३ महिने 'विशेष रूपान्तरण अभियान' अन्तरगत बाँफिकोट ६ र ७ को संयुक्त बैठकमा समेत दाहाल सहभागी भएका थिए । उनीसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र मातृका यादव पनि बिहीबार रूकुम पश्चिम पुगेका थिए ।
मन्तव्यका क्रममा प्रधानमन्त्री दाहालले यहाँबाट फर्केलगत्तै रूकुमको पक्षमा मन्त्रिपरिषद्बाट विशेष निर्णय गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: