कालीकोट । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले चाडवाडका बेला घरेलु मदिरा नियन्त्रण अभियान थाल्ने गरेका छन् । सरकारले कानुनी रुपमा अवैध मान्दैआएको घरेलु कच्चा पदार्थबाट गाउँ तथा वजारमा उत्पादन हुने मदिरालाई नियन्त्रण गर्न प्रहरीले चाडपर्वमा अभियान चलाउने गरेको हो ।
दसैं आसपासमा कालीकोटका बिभिन्न गाउँबस्तीमा प्रहरीले हजारौं लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । बिषेशगरी सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामा घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरीका अनुसार दुवै पालिकाका बिभिन्न वडाका वस्ती एक हजार लिटरभन्दा वढी मदिरा नष्ट गरेको जनाएको छ । अन्य समयमा आफै पनि प्रयोग गर्दैआउने भए पनि चाडपर्वमा उनै प्रहरी घरमा प्रवेश गरेर घरेलु मदिरा र बनाउन तयार पारिएको कच्चा पदार्थ जफत गर्नेगरेका छन् ।
मान्ममा घरेलु मदिरा बिक्री गरेर दैनिकी चलाउँदै आएकी एक एकल महिलाले आफ्नो रोजीरोटी खोसिएको बताइन् । अन्य समयमा प्रहरी नै आएर मदिरा लिएर जाने भए पनि चाडपर्वमा देखाउनलाई मदिरा नियन्त्रण गर्नेगरेको उनको भनाइ छ ।
घरेलु मदिरा बेचविखनमा सरकारले मान्यता दिनुपर्ने उनको माग छ । “हाम्रो रोजगारी छैन । कोही साहरा छैनन । यसैवाट आफुलाई खानाको जोहो गर्दै आएका बेला पटक पटक प्रहरीले मदिरा जफत गरी नष्ट गर्नेगरेको छ, यसले हामीलाई मार परेको छ” उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसीले सरकारले नै अबैध मानेकाले यसलाई आफुहरुले जफत गरेर नष्ट गर्नेगरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: