छोरा विश्वका अर्बपतिको सूचीमा रहेकाे छ । संसारले जानेमानेको नाम हाे तर, गएका करिब ४ दशकका दसैँ बुवाआमाले छोराको बाटो हेर्दै बिताए । अब त आफ्नै अँगेनाछेउ बसेर छोरालाई दसैँको टीका, जमरा र आशिर्वाद दिन पाइन्छ भनेर आस गर्न पनि छाडिसकेका ती बाआमाका लागि यसपालिको बडादसैँले आश्चर्यजनक खुसी नै भित्र्याइदियो।
किनकि, ११५ जनाको टोली लिएर छोरा घरआँगनमा आइपुगे, असोज ६ गते नवमीका दिन । ती छोरा थिए, आचार्य बालकृष्ण। भारतको प्रसिद्ध पतञ्जली योगपीठका मुख्य संस्थापक/सञ्चालक।
करिब ४० वर्षपछि आफ्नो जन्मथलो स्याङ्जामा दसैँ मनाउन पाउँदा बिछट्टै खुसी लागेको भन्दै तस्बिरसहित भावुक टिप्पणी सामाजिक सञ्जालमा उनले सम्प्रेषण गरेका छन्।
लेखेका छन्– लगभग ४० वर्षपूर्व एउटा बालक सनातन संस्कृति र विश्वका लागि केही गर्ने चाहनाले आफ्नो घरबाट एक्लै निस्किएको थियो। यी ४० वर्षमा ती वृद्ध आमाबुवाका आँखा सधैँ बाटो हेरिरहन्थे, दसैँ आउँछ, हाम्रो छोरा पनि कुनै दिन त घर आउला! ती वृद्ध आँखामा हर्षका कुनै सीमा नै रहेनन्, जब ४० वर्षपछि छोरा स्वामीजीको तप–पुरुषार्थको बलले आफ्ना परम तेजस्वी सयभन्दा बढी संन्यासी र साधवीसँगै उही सानो गाउँमा फर्कियो। यो दृश्य केवल भावविह्वल बनाउने मात्रै थिएन, सबैलाई रोमाञ्चित बनाउने प्रकारको पनि थियो। यो दृश्यको प्रत्यक्ष अनुभव म स्वयं आफ्नो पुरानो गाउँमा फर्किएर गरिरहेको थिएँ। विजयदशमीको तपाईँ सबैलाई हार्दिक मंगल कामना। सबैको जीवनमा उल्लास होस्। सबैको जीवनमा प्रकाश होस्, सब आनन्दित होऊन् र सबैको कल्याण होस्।
-आचार्य बालकृष्ण
स्याङ्जाको वालिङनजिकै पर्ने भरुवा गाउँमा पर्छ, आचार्य बालकृष्णको पैतृक घर । ११५ जनाको टोलीसहित आउँदा तीमध्ये १०५ जना संन्यासी थिए । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे भन्छन्, ‘स्याङ्जा जिल्लामा उहाँको कुनै सार्वजनिक औपचारिक सार्वजनिक कार्यक्रम थिएन। विशुद्ध निजी पारिवारिक कार्यक्रम रह्यो। हामीले शान्तिसुरक्षाको व्यवस्था मात्र गर्यौँ।’
उनले मूलघरमा आफन्तजनसँग टीकाटालो गरे। दुई दिन घरमै बिताए। त्यसपछि विभिन्न धार्मिक तीर्थस्थलको दर्शन र पर्यटकीय गन्तव्यको अवलोकनमा निस्किए। बिहीबार पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले करिब ४० वर्षपछि पहिलोपटक गृहजिल्ला स्याङ्जामा दसैँ मनाउने अवसर मिलेको खुसी सञ्चारकर्मीमाझ पनि व्यक्त गरे।
दसैँ या अरु चाडपर्वका अवसरमा आफन्त परिवारसमक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको उनले बताए। उनी बिहीबारै बुटवल हुँदै सुनौली नाकाबाट भारत गइसकेका छन्।
उनलाई बिदा गरिसकेपछि पतञ्जली नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले नेपालखबरसँग भने, ‘यसपालि उहाँ (आचार्य बालकृष्ण)ले विशुद्ध पारिवारिक भ्रमण गर्नुभयो। यसअघि पनि धेरैपटक नेपाल आउनुभएको हो तर दसैँ मनाउने भनेर घर फर्केको पहिलोपटक हो।’
मिश्रकै भनाइमा, आचार्य बालकृष्ण गुरुकुलमा दीक्षित भएकाले पहिला बिदा नमिलेर दसैँमा नेपाल आउन नपाएको हुन सक्छ। पछि उनको व्यस्तताले दिएन।
‘तर, उहाँले जहिल्यै पनि नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक, आयुर्वेदीय र पर्यटकीय आयामबाट बलियो सम्बन्ध बनाउने बारेमा सोच्नुहुन्छ,’ मिश्र भन्छन्, ‘उहाँजस्तो साझा व्यक्तित्व पाउनु दुवै देशका लागि गौरवको कुरा हो।’
को हुन् आचार्य बालकृष्ण?
१३ वर्षको उमेरमा गाउँबाट भागेर भारत पुगेका उनी अहिले विश्वका अर्बपतिमध्ये ८ सय ९८ औँ स्थानमा छन्। भारत उनी ६८ औँ धनी व्यक्तिमा पर्छन्।
विश्वका अर्बपतिको सूची प्रकाशित गर्ने फोर्ब्स् म्यागेजिनका अनुसार, हाल आचार्यसँग ३ अर्ब २० करोड डलरभन्दा बढी सम्पत्ति छ। जुन हालको विनिमय दरअनुसार ४ खर्ब २६ अर्ब नेपाली रुपैयाँ हुन्छ।
फोर्ब्सको सूचीमा रहेका नेपालका एक मात्र अर्बपति विनोद चौधरीको भन्दा आचार्यसँग १ खर्ब ८६ अर्ब रुपैयाँबराबरको सम्पत्ति बढी छ। चौधरीसँग १ अर्ब ८० करोड डलरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ। विश्वका अर्बपतिको सूचीमा उनको नाम १६४७ औँ नम्बरमा छ।
चौधरीका बुवा लुनकरण दासले नेपालको औद्योगिक क्षेत्रमा लगानी गरेर सम्पन्नताको जग बसालेका थिए भने आचार्य बालकृष्ण नेपालबाट किशोर उमेरमै खाली हात भागेर भारत गएका थिए।
आचार्य बालकृष्ण प्रसिद्ध आयुर्वेदाचार्य हुन् । उनको नेतृत्वमा पतञ्जली आयुर्वेदलगायत विभिन्न व्यावसायिक तथा कल्याणकारी संस्थाहरू सञ्चालनमा छन् । प्रसिद्ध योगगुरु रामदेवले उनलाई साथ दिइरहेका छन्।
आचार्य बालकृष्णको जन्म २०२९ साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। बुबा जयबल्लभ सुवेदी कामको सिलसिलामा हरिद्वारमै सपरिवार बसिरहेका बेला बालकृष्णको जन्म भएको थियो। बालकृष्ण तीन महिनाकै छँदा सुवेदी परिवार स्याङ्जा फर्किएको थियो।
बालकृष्णले ५ कक्षासम्म वालिङको काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। त्यसछि उनी घरबाट भागी नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे। पछि उनको शिक्षादीक्षा हरिद्वारमा भयो। रामदेव पनि उनका छात्रजीवनकै मित्र हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: