Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पत्रकारलाई सित्तैंमा काम गराउँदा मिडिया हाउसको इज्जत रहँदैनः बालकृष्ण बस्नेत, अध्यक्ष प्रेस काउन्सील नेपाल

खबरडबली संवाददाता

काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले श्रमजिवी पत्रकारहरुलाई सित्तैंमा काम लगाउँदा सञ्चार गृहको इज्जत नरहने बताएका छन् ।

उनले श्रमजिवीलाई सित्तैंमा काम गराउँदा मिडिया हाउसहरुको इज्जत नरहने टिप्पणी पनि गरे । अध्यक्ष बस्नेतले श्रमजिवी पत्रकारहरुको श्रमको समस्या आन्तरिक रुपमै व्यवस्थापन र समाधान नगर्ने हो भने सञ्चारगृहहरु नै चल्न नसक्ने बताएका छन् । 

हाल नेपाली मिडिया हाउसले श्रमजिवीको समस्यालाई जानि नजानि समाधान गर्न नखोजेको उल्लेख गर्दै उनले थपे ‘ श्रमजिवी कामागहरु सुनुवाई गरेको देखिँदैन । यसले श्रमजिवीलाई समस्या माथि समस्या थपि दिएको छ । यदी पत्रकारीतालाई स्वच्छ, स्वतन्त्र र सक्षम तरिकाले अगाडि बढाउने हो भने समस्या समाधान गर्न मिडिया हाउसले बुझेर लाग्नुपर्छ । राम्रोसँग पत्रकारीता गरेर मिडिया हाउसलाई अगाडि बढाउने हो भने आन्तरिक रुपमा श्रमजिवीका घर भित्रका जल्दोबल्दो समस्यालाई यत्तिकै राखेर मिडियाहाउस चल्न सक्दैन ।’

उनले अनलाइन मात्रै नभएर लामो इतिहास बोकेका प्रिन्ट र ब्रोडकास्ट मिडियाले समेत श्रमजिवीलाई समस्यामा पारेकै कारण त्यसको नकारात्मक प्रभाव विषय वस्तुमा परेको टिप्पणी गरे । 

श्रमजिवी पत्रकारका पेशागत समस्यालाई प्रत्यक्ष रुपमा नेतृत्वलिने निकाय नेपाल पत्रकार महासंघले पत्रकार र मिडिया हाउससँग समन्वय गरेर हाल चर्चामा रहेका मुद्दाको समाधान गर्न पनि अध्यक्ष बस्नेतको सुझाव छ। उनले प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त भएर आग्रह पूर्वाग्रहविना नै कार्य गर्दै आएको दाबी पनि गरे । 

‘प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय हो र छ पनि । यस माथि काँही कतैबाट हस्तक्षेप हुनु हुँदैन भन्ने मान्यता हो, कानूनी रुपमै पनि स्वतन्त्र र स्वायत्त छ । सरकारले कहिलेकाँही बुझ्दैन र आफ्नो स्वार्थ अनुसार काम गराउन खोज्ने या काउन्सिलले यस्तो गर्दिए हुन्थ्यो भन्ने  इक्ष्या कहिले काँही राख्न सक्छ ।’ उनले भने,  ‘काउन्सिलले कुनै कोणबाट राजनीतिक दबाबवा हस्तक्षेप हुन आउँछ भने त्यसमा काउन्सिलले आफ्नो स्वायत्तता के गरी बचाउन सकिन्छ त्यो पाटोमा हेर्नुपर्छ र सोहीअनुसार  नै हामी कामगर्दै आएका छौं ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending