काठमाडाैं । मे २०२६ मा विश्व राजनीतिले एउटा दुर्लभ दृश्य देख्यो । पाँच दिनको अन्तरमै दुई महाशक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङ पुगे ।
एक जना व्यापारको डिल खोज्दै थिए, अर्का साझेदारीको अक्सिजन । तर दुवै अन्ततः पुगे एउटै ढोकामा सी जिनपिङ को दरबारमा । यसले एउटा स्पष्ट सन्देश दियो । विश्व राजनीति अझै वासिङ्टन वरिपरि मात्र घुमिरहेको छैन, गुरुत्वाकर्षण विस्तारै बेइजिङतिर सरिरहेको छ ।
ट्रम्पको भ्रमण चमक, व्यापार र ‘डिल’ ले भरिएको थियो । उनीसँग एप्पल, टेस्ला, एनभिडियाजस्ता कम्पनीका मालिकहरूको टोली थियो । चीनसँग व्यापारिक सम्झौता, दुर्लभ खनिज आपूर्ति, एआई जोखिम नियन्त्रण र ताइवान तनाव व्यवस्थापन उनका मुख्य एजेन्डा थिए ।
बेइजिङले उनलाई सैनिक परेड, २१ तोपको सलामी र “पुरानो मित्र” को सम्मान दियो । तर मुस्कानभित्रको सन्देश स्पष्ट थियो । “व्यापार गरौँ, तर चीनको रेड लाइन ननाघौँ ।” विशेषगरी ताइवानको विषयमा सी चिनफिङले अमेरिकालाई सिधा चेतावनी दिए । “ताइवान राम्रोसँग ह्यान्डल भएन भने द्वन्द्व हुन सक्छ ।”
उता पुटिनको भ्रमण भने कम चमकिलो तर धेरै गहिरो देखियो । यो उनको २५औँ चीन भ्रमण थियो । स्वागत औपचारिकभन्दा बढी “घरको मान्छे” शैलीमा भयो । रूस अहिले पश्चिमी प्रतिबन्धले थिचिएको छ । त्यसैले पुटिनका लागि चीन केवल साझेदार होइन, आर्थिक लाइफलाइन बनेको छ ।
दुवै देशले ऊर्जा, सैन्य प्रविधि, साइबर सुरक्षा, अन्तरिक्ष अनुसन्धानदेखि डलरलाई चुनौती दिने वैकल्पिक वित्तीय प्रणालीसम्मका सम्झौतामा हस्ताक्षर गरे । “पावर अफ साइबेरिया–२” ग्यास पाइपलाइनदेखि रुबल–युआन कारोबारसम्मका योजनाले पश्चिमलाई स्पष्ट सन्देश दियो । मस्को र बेइजिङ अब केवल साथी होइनन्, रणनीतिक सहयात्री बन्दैछन् ।
दुई भ्रमणको अन्तर पनि रोचक थियो । ट्रम्प प्रतिस्पर्धालाई नियन्त्रण गर्न आएका थिए । पुटिन गठबन्धन बलियो बनाउन आएका थिए । एकले चीनसँग दूरी व्यवस्थापन गर्न खोजे । अर्काले चीनमाथिको निर्भरता अझ गहिरो बनाए ।
तर अन्तिम निष्कर्ष एउटै देखियो । अमेरिकालाई पनि चीन चाहिएको छ, रूसलाई त झन् अत्यावश्यक छ । बेइजिङले यही अवसरलाई आफ्नो कूटनीतिक शक्तिमा बदलिरहेको छ । एकातिर रूससँग “सीमाहीन साझेदारी”, अर्कोतिर अमेरिकासँग “जिम्मेवार प्रतिस्पर्धा” ।
चीन अहिले खुलेर कुनै एक पक्षमा उभिएको देखिँदैन । बरु दुवै महाशक्तिलाई आफ्नो आँगनमा बोलाएर विश्वलाई देखाइरहेको छ । “खेल अझै मेरो कोर्टमै छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - २१:५६
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले खरिद गरेका खोपहरू प्रभावकारी व्यवस्थापन हुन नसक्दा ठूलो परिमाणमा खेर जाने गरेको तथ्य सार्वजनिक भएको...
जेष्ठ २८ गते, २०८३ - २१:३८
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले अन्तिम सुनुवाइ सुरु गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा...
जेष्ठ २८ गते, २०८३ - २१:१४
काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी म...
जेष्ठ २८ गते, २०८३ - ०९:४९
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...
जेष्ठ २८ गते, २०८३ - ०९:४५
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...
जेष्ठ २८ गते, २०८३ - ०९:४३
मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...
जेष्ठ २८ गते, २०८३ - ०९:३९
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...
जेष्ठ २८ गते, २०८३ - ०९:३५
म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...
जेष्ठ २८ गते, २०८३ - ०९:३२
बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...
जेष्ठ २८ गते, २०८३ - ०९:२७
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...



प्रतिकृया लेख्नुहोस्: