पोखरा । एनआरएनएका नव निर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख महावीर पुनलाई उनले १ लाख नगद हस्तान्तरण गरेका हुन् ।
आविष्कार केन्द्रले पोखरामा आइटी हब बनाउने अभियान चलाएको छ । आर्थिक अभावका कारण काम अघि बढ्न नसकेको पुनले बताए । उनले केही समयअघि आफ्नै लालपुर्जाको जग्गा बेचेर पोखरामा काम गर्ने घोषणा गरेका थिए ।
तर जग्गा विक्री भएको छैन । गण्डकी प्रदेश सरकारसँग पनि उनले आर्थिक सहयोग मागेका थिए । तर कागजी झन्झट दिएको भन्दै सरकारकै आलोचना गर्दै आएका थिए । अघिल्लो वर्ष गण्डकी सरकारले नवप्रवर्तनमा १० करोड विनियोजन गरेको थियो ।
शेरचनले नवप्रवर्तनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘देशबाट युवा शक्ति पलायन भएको चिन्ता नेपालमा भएकालाई मात्रै होइन, हामी विदेशमा भएकालाई पनि छ । देशमा युवा शक्ति नभए देश नै रहँदैन,’ उनले भने, ‘हामी बाध्यताले बाहिरिए पनि मन नेपालमै छ । यो देश बनाउने दायित्व हाम्रो पनि हो ।’
एनआरएनएले नेपालमा लगानी भित्र्याउन विशेष अभियान चलाउने शेरचनको भनाई छ । आविष्कार केन्द्रले गरेका कामप्रति उनले धन्यवाद दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: