वीरगन्ज । नेपाली कांग्रेस पर्साले वडाध्यक्षलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ ।
वीरगन्ज महानगरपालिका - ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने इलाका प्रहरी कार्यालय नगवाका प्रहरी निरीक्षक रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै कांग्रेसले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेको हो।
प्रहरीको कुटपिटबाट वडा अध्यक्षको आँखामा गहिरो चोट लागेको छ । घण्टाघर चोकबाट नाराबाजी गर्दै जुलुस निकालेका कांग्रेसका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् ।
कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाँउदै प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारबाही नगरिए कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । महर्जन कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
कुर्मीका अनुसार, कार्तिक ५ गते महाष्टमीका राति रेल्वेरोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर थुनामा राखेका थिए । प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: