काठमाडौँ । काठमाडौँ महानगरपालिकी उपमेयर सुश्री सुनिता डंगोलले फरक क्षमता भएका बालबालिकाहरूलाई राज्यले विशेष प्रकारको सेवा सुविधा प्रदान गर्नुपर्ने धारणा राखेकी छन् । उपमेयर डंगोलले एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन(एपिडिएसफ)को वार्षिक साधारणसभा उद्घाटन समारोहमा सो विचार व्यक्त गरेकी हुन् ।
एपिडिएसफको वार्षिक साधारण सभा अक्टोबर २५ देखि २८, २०२३ सम्म मेरियट होटल, नक्साल, काठमाडौंमा भैरहेको छ । कार्यक्रमको दोस्रो दिन आज बिहीबार काठमाडौँ महानगरपालिका उपमेयर सुश्री सुनिता डङ्गोलले वार्षिक साधारणसभाको उद्घाटन गर्दै फरक क्षमता भएका बालबालिकाहरूको स्वास्थ्य, शिक्षा र बाँकी जीवनयापनका सन्र्दभमा राज्यबाट सहयोग पाउन सकेको खण्डमा प्रभावकारी हुने विश्वास समेत व्यक्त गरिन् ।
साधारणसभामा विभिन्न ८ देशका प्रतिनिधिहरूको सहभागिता रहेको एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसनका उपाध्यक्ष तथा डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसनका अध्यक्ष डा. ललिता जोशीले बताइन् ।
एपिडिएसएफका अध्यक्ष एन. रमाचन्द्रनमले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष डा. ललिता जोशीले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । सो अवसरमा डाउन सिन्ड्रोम भएका बालबालिकाहरूले कुशल नृत्य समेत प्रस्तुत गरेका थिए ।
एपिडिएसएफको चिकित्सा समितिको बैठक डा. भवानी श्रीराम÷प्रदीप कुमारको अध्यक्षतामा सम्पन्न भयो । त्यस्तै, कर्नेल सुवास थापा (संस्थापक ह्याट एकेडेमी)ले सगरमाथा मापन सम्बन्धमा जानकारी दिएका थिए । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको लागि शिक्षा प्रणालीको लागि अगाडिको बाटोका सम्बन्धमा श्रीमती डी सविथा (भारतीय प्रशासनिक सेवाबाट सेवानिवृत्त)ले प्रस्तुतीकरण गरेकी थिइन् । त्यसैगरी सामाजिक सञ्जाललाई एक उपकरणको रूपमा प्रयोग गरेर सशक्तिकरण गर्ने बारेमा प‘ल जानोन प्रस्तुती दिएका थिए । सो अवसरमा डाउन सिन्ड्रोम अष्ट्रेलियाबाट निर्माण गरिएको स्वास्थ्य रेकर्ड एप र राम्रो स्वास्थ्य एपबारेमा जुममार्फत जानकारी दिएको थियो ।
एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन (एपिडिएसएफ) एक स्वतन्त्र निकाय हो । जसले एशिया प्रशान्त क्षेत्रहरूमा डाउन सिन्ड्रोम भएका अभिभावक, हेरचाहकर्ता र व्यक्तिगतहरूलाई समर्थन गर्दछ । यसका सदस्यका रूपमा २० भन्दा बढी देशहरू छन् र दुई दशकभन्दा बढी समयदेखि सेवाहरू प्रदान गर्दै आएका छन् संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)सँग सल्लाहकारको स्थितिमा छन् ।
एपिडिएसएफले डाउन सिन्ड्रमको जनसंख्यालाई स्वतन्त्र, सम्मानित जीवन बिताउन मद्दत गर्न अपनाएका उत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबिच एकआपसमा साझा गर्न र सिक्न वातावरण तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: