Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसनको वार्षिक साधारणसभा नेपालमा सम्पन्न

मुना न्यौपाने

काठमाडौँ  । काठमाडौँ महानगरपालिकी उपमेयर सुश्री सुनिता डंगोलले फरक क्षमता भएका बालबालिकाहरूलाई राज्यले विशेष प्रकारको सेवा सुविधा प्रदान गर्नुपर्ने धारणा राखेकी छन् । उपमेयर डंगोलले एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन(एपिडिएसफ)को वार्षिक साधारणसभा उद्घाटन समारोहमा सो विचार व्यक्त गरेकी हुन् । 

एपिडिएसफको वार्षिक साधारण सभा अक्टोबर २५ देखि २८, २०२३ सम्म मेरियट होटल, नक्साल, काठमाडौंमा भैरहेको छ । कार्यक्रमको दोस्रो दिन आज बिहीबार काठमाडौँ महानगरपालिका उपमेयर सुश्री सुनिता डङ्गोलले वार्षिक साधारणसभाको उद्घाटन गर्दै फरक क्षमता भएका बालबालिकाहरूको स्वास्थ्य, शिक्षा र बाँकी जीवनयापनका सन्र्दभमा राज्यबाट सहयोग पाउन सकेको खण्डमा प्रभावकारी हुने विश्वास समेत व्यक्त गरिन् । 

साधारणसभामा विभिन्न ८ देशका प्रतिनिधिहरूको सहभागिता रहेको एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसनका उपाध्यक्ष तथा डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसनका अध्यक्ष डा. ललिता जोशीले बताइन् । 
एपिडिएसएफका अध्यक्ष एन. रमाचन्द्रनमले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष डा. ललिता जोशीले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । सो अवसरमा डाउन सिन्ड्रोम भएका बालबालिकाहरूले कुशल नृत्य समेत प्रस्तुत गरेका थिए । 

एपिडिएसएफको चिकित्सा समितिको बैठक डा. भवानी श्रीराम÷प्रदीप कुमारको अध्यक्षतामा सम्पन्न भयो । त्यस्तै, कर्नेल सुवास थापा (संस्थापक ह्याट एकेडेमी)ले  सगरमाथा मापन सम्बन्धमा जानकारी दिएका थिए । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको लागि शिक्षा प्रणालीको लागि अगाडिको बाटोका सम्बन्धमा श्रीमती डी सविथा (भारतीय प्रशासनिक सेवाबाट सेवानिवृत्त)ले प्रस्तुतीकरण गरेकी थिइन् । त्यसैगरी सामाजिक सञ्जाललाई एक उपकरणको रूपमा प्रयोग गरेर सशक्तिकरण गर्ने बारेमा प‘ल जानोन प्रस्तुती दिएका थिए । सो अवसरमा डाउन सिन्ड्रोम अष्ट्रेलियाबाट निर्माण गरिएको स्वास्थ्य रेकर्ड एप र राम्रो स्वास्थ्य एपबारेमा जुममार्फत जानकारी दिएको थियो । 

एशिया प्यासिफिक डाउन सिन्ड्रोम फेडेरेसन (एपिडिएसएफ) एक स्वतन्त्र निकाय हो । जसले एशिया प्रशान्त क्षेत्रहरूमा डाउन सिन्ड्रोम भएका अभिभावक, हेरचाहकर्ता र व्यक्तिगतहरूलाई समर्थन गर्दछ । यसका सदस्यका रूपमा २० भन्दा बढी देशहरू छन् र दुई दशकभन्दा बढी समयदेखि सेवाहरू प्रदान गर्दै आएका छन् संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)सँग सल्लाहकारको स्थितिमा छन् ।

एपिडिएसएफले डाउन सिन्ड्रमको जनसंख्यालाई स्वतन्त्र, सम्मानित जीवन बिताउन मद्दत गर्न अपनाएका उत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबिच एकआपसमा साझा गर्न र सिक्न वातावरण तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending