Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

उदयपुरमा आठ वटा पुल अलपत्र हुँदा पहाडी जिल्लाका सर्वसाधरणलाई सास्ती

खबरडबली संवाददाता

उदयपुर । हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका क्रममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो । 

२०७४ सालको चुनाव ताका तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङ साथै भोजपुर र उदयपुर जोड्ने सुनकोशी नदीको रानीटारमा निर्माण गरिने दुई वटा पक्की पुलको एकै दिन शिलान्यास गरेका थिए ती दुवै पुल अहिलेसम्म अलपत्र छन् । शिलान्यास गरेको पुल छ वर्ष बितिसक्दासमेत १५ प्रतिशतभन्दा बढी काम नहुँदा स्थानीय बासिन्दामा पुल बन्ला र उक्त पुलबाट सहज आवतजावत गर्न पाइएला भन्ने आशा मरेर निराशा हुन थालेको छ । 

त्यति मात्र होइन उदयपुर जिल्लाको त्रियुगा नदीमा १४ वर्षअघि निर्माण सुरु गरिएको सिवाही पुल तीन वर्षअघि निर्माण सम्पन्न हुनै लाग्दा नदीमा आएको बाढीले भत्काएर अलपत्र बनेकोमा अहिलेसम्म पनि त्यही हालतमा छ । त्यस्तै १० वर्षअघि निर्माण सुरु गरिएको सुनकोशी नदीका छ वटा तथा त्रियुगा र गिनेरी खोलाको एक एक वटा गरी आठ वटा पुलको काम अलपत्र हुँदै आएको छ । राज्यले उचित बजेटको सुनिश्चितता र दीर्घकालीन गुरुयोजना निर्माण नै नगरी चुनावमा मत बटुल्ने होडबाजी गरी हतारमा हचुवाको भरमा पुल निर्माणको काम थालेर बिचैमा छोड्ने परिपाटीले उदयपुरका निर्माणाधीन सबै पुल अलपत्र हुँदै आएका हुन् ।  

२०७९ को सङ्घीय चुनाव ताका उदयपुर र खोटाङलाई छोटो दुरीमा सडक सञ्जालसँग जोड्ने भन्दै दुधकोशी नदीको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माण गरिने भन्दै २०७९ साल पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री एवं उदयपुर क्षेत्र नं. १ का सङ्घीय सांसद डा. नारायण खड्काले शिलान्यास गरेका थिए । उक्त वंशिलाघाटको मोटरेबल पक्की पुल निर्माणको काम पनि अहिलेसम्म अगाडि बढेको छैन । 

कुल १९ करोड १८ लाख ४१ हजार रुपियाँको लागतमा निर्माण गरिने गरी कालिका–भेदान्सी जेभी बालुवाटार काठमाडौँलाई कामको जिम्मा लगाइएको चौदण्डीगढी नगरपालिकाको वडा नं –५, शिवाइबाट बेल्टार वीरेन्द्रबजार छुइला हुँदै वंशिलाघाटबाट खोटाङ जिल्लाको चिसापानी खोटाङ दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने दुधकोशी नदीमा निर्माण गरिने १५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल अहिलेसम्म शिलान्यासमा मात्र सीमित बनेको छ ।

३३ महिनाभित्र निर्माण सम्पन्न हुने गरी २०७७ साल पुस २८ गते नै सम्झौता गरिएको भए पनि पुलको निर्माण कार्य अहिलेसम्म सुरु नै नहुनु सडक विभागको पुल महाशाखाको समेत गम्भीर लापरबाही भएको भन्दै स्थानीय बासिन्दा आक्राेशित भएका छन् । निर्माणको ठेक्का लिएको कम्पनीका मालिकको राजनीतिक दलसँगको आबद्धताका कारणसमेत पुल निर्माणमा ढिलासुस्ती हुने गरेको र समयमै निर्माण नगरेर अलपत्र पार्ने गरेको स्थानीयवासीको भनाइ छ । ठेक्का सम्झौता गरी तोकिएको मापदण्ड अनुसार काम नगरेपछि बेलका नगरपालिका–३ स्थित गिदेरी खोला पक्की पुल निर्माणमा पनि चरम ढिलासुस्ती भएको छ । 

कुल १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँ लागतमा २१८ मिटर लम्बाइ तथा सात वटा वेल फाउन्डेसन पिल्लर र छ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म पिल्लर उठाउनेभन्दा बढी कुनै काम हुन नसकेको बेलका नगरपालिकाका पूर्वनगर प्रमुख दुर्गाकुमार थापाले बताए । उक्त पुल निर्माणका लागि २०७१ साल असार २५ गते पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले दुई करोड रुपियाँ लहानस्थित डिभिजन सडक कार्यालयबाट पेस्की लिएकोमा काम नगरेपछि निजबाट एक करोड ४० लाख रुपियाँ यसअघि नै फिर्ता गरिएको डिभिजन सडक कार्यालय लहानले जनाएको छ । 

यसै गरी निर्माण सम्पन्न हुने मिति दुई वर्ष बितिसक्दा पनि चौदण्डीगढी नगरपालिका वडा नं १ को रानीटारस्थित दुधकोशी नदीमा पुल निर्माणको काम पनि अलपत्र अवस्थामा छ । कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने दुधकोशी नदीको अर्काे पक्की पुलको पनि निर्माण कार्य अलपत्र परेको छ । कालिका कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुल कहिले बन्छ भन्न सक्ने अवस्था छैन । चौदण्डीगढी नगरपालिकाको लामा खोलामा निर्माणाधीन पुलसमेत अलपत्र परेको छ ।

शिवाही पुलको निर्माण २०६७ सालमा सुरु गरिएको हो । १२ वटा पिल्लर र ११ वटा स्ल्याब रहेको पुलको सिवाही खण्डको दुई वटा स्ल्याब बाढीले बगाएको छ । कुल ११ करोड २६ लाख रुपियाँको लागतमा दुई वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६७/६८ मा निर्माण सुरु भएको पक्की पुल हालसम्म सञ्चालनमा आउन सकेको छैन । पटक पटक म्याद थप्दासमेत पुल निर्माण कार्य अझै अधुरै रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending