Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

हिउँद वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

खबरडबली संवाददाता

मन्थली । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन् । विसं २०७२ को भूकम्प जाँदा यहाँ थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेका कारण बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताए । उनका अनुसार–“निरन्तर पहिरो झर्ने भएका कारण वर्षामा बढी  र हिउँदमा केही कम जोखिम हुने गरेको छ । वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई निक्कै समस्या हुने गरेको छ  । 

जोखिमका कारण विद्यालयका बालबालिकालाई वर्षाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ । पहिरोका कारण भूजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब असी घरपरिवार विस्थापित भएको मावि भूजीका निवर्तमान प्रधान अध्यापक तथा उमाकुण्ड गाउँपालिकाका वर्तमान कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताए । 

पिपलडाँडाँबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित  घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।  

पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ  । नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन नसककेको स्थानीय दशराम सुनुवारले बताए । रुना, ठिङ्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उनले बताए। उनका अनुसार–“उक्त जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको छ । 

स्वास्थ्य  ल्याब लगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरो नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्यउपचार गर्न आउनेको सङख्यासमेत बढ्ने सुनुवारको भनाइ रहेको छ । भूगर्वविदहरुलाई अध्ययन अवलोकन गराएर यस समस्याको समाधान बेलैमा नगरे यसले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेको पनि कार्यपालिका सदस्य सुनुवारले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: