जनकपुरधाम । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एकजना धामी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर रहेका छन् ।
पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै पीडित महिलाले धामी गुहारेकी थिइन् । धामीले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिए । सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित महिला विवाहित हुन् । उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामीकहाँ पुगेका थिए ।
धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए । मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन् । त्यसपछि धामी भागे । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।
डीएसपी अवाले घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - २२:०८
विराटनगर । विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा त्यसमा सवार दुईजना घाइते भएका छन् । भारतीय नम्बर प्...
पौष १९ गते, २०८१ - २२:०६
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक क्रिस्टल डायग्नोस्टिक प्रा.लि. बिच सम्झौता भएको छ । दुई संस्थाबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बै...
पौष १९ गते, २०८१ - २१:४७
काठमडाैं । नेपाली समाजको यथार्थ चित्रण गर्ने सिरियल “छोरी बुहारी” TLN Media युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। नेपाली समाजको सांस्कृतिक विविधता...
पौष १९ गते, २०८१ - २१:४१
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् । गैरआवासीय ...
पौष १९ गते, २०८१ - २१:३६
काठमाडौं । सामाजिक सञ्जालमा फैलिइनुअघि गाउँघरका पाखा, पखेरातिर आफ्नो बालापन बाँचिरहेका थिए सचिन परियार । मामली गाउँमा पढ्दै रमाइरहेका उनी कान्छी आमा ल...
पौष १९ गते, २०८१ - २१:२४
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ । गत...
पौष १९ गते, २०८१ - १५:५१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन्...
पौष १९ गते, २०८१ - १५:४१
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिह...
पौष १९ गते, २०८१ - १५:१४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिएका छन् । ईश्वर पोखर...
पौष १९ गते, २०८१ - १५:०१
रौतहट । अनुसन्धानमा सहयोग गर्ने अभियुक्त लाई सजायमा छुट हुने कानूनी सल्लाह अनुसार हत्या मुद्धाका फरार एकजना अभियुक्त जिल्ला प्रहरी कार्यालय रौतहटमा ह...
प्रतिकृया लेख्नुहोस्: