सिरहा । सिरहा क्षेत्र नम्वर ४ (क)का प्रत्याशी उम्मेदवार प्रकाश महासेठ नेकपा एमाले परित्याग गरेका छन् । महासेठले मिर्चैयामा पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
चुनावमा रुपैयाँ लिएर भागेका नेतालाई संरक्षण र आफूलाई बेवास्ता गरेको भन्दै एमाले परित्याग गरेको उनले बताएएका छन् । चुनावमा उनी ५२० मतले मात्र पराजित भएका थिए । पार्टीका मिर्चैया नगरपालिकाका ईन्चार्ज प्रदिप महासेठले अन्तरघात गरेको र खर्च गर्न दिएको रुपैयाँ लिएर भागेकै कारण आफूले चुनाव हारेको उनको भनाई छ ।
प्रदिपले करिब १६/१७ लाख रुपैयाँ लिएर भागेको नेता प्रकाशको आरोप छ । उनले भने, ‘पार्टी जिल्ला कमिटीमा निवेदन दिएको थिए । पार्टीले साढे १५ लाख रुपैया फिर्ता गर्न प्रदिपलाई भन्यो । तर अझै रुपैयाँ फिर्ता गरेनन् । उनलाई कारबाही गर्नुको साटो मलाई नै बेवास्ता गर्न थालेपछि पार्टी परित्याग गर्न बाध्य भएको छु ।’
‘पार्टीको प्रदेश ईन्चार्ज तथा कल्याणपुरका मेयर रामपुकार साह समक्ष पनि यो कुरा लिएर पुगेको थिए’, उनले गुनासो गरे, ‘तर उहाँले लीलानाथ श्रेष्ठले तपाईंको मुद्दा नै क्लोज गरेको सुनाउनुभयो । उहाँले लीलानाथ श्रेष्ठ जति ठूलो पदमा नभएकोले केही गर्न नसक्ने भनेर जवाफ दिनुभयो ।’
उनले पार्टी परित्याग गरेपनि जनताको सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । जनताले आफूलाई भोट दिएकाले रातदिन नछुट्याई जनताले खोजेको बेला साथ दिने उनको भनाई छ ।
यता, नगर ईन्चार्ज प्रदिप महासेठले आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको दावी गर्दै भने,‘पार्टीमा निवेदन परेको सत्य हो । सात दिनको समय दिएर मसंग लिखित जवाफ मागेको थियो । म लिखित जवाफ पनि पठाए । त्यसपछि मलाई कुनै पत्र आएको छैन ।
प्रकाश महासेठले पत्रकार सम्मेलनमा लगाएको आरोप अनुसार जिल्ला कमिटीले आफूलाई साढे १५ लाख रुपैया फिर्ता गर्न भनेको कुरा पनि झुठो रहेको उनकाे दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: