काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।
सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।
महासचिव गुटरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी रहेका छन् । महासचिव गुटरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।
भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: