रामेछाप । नेपाली समाजमा पछिल्लो समय जन्म दिन मनाउने नाममा फजुल खर्च बढ्दो छ । केक काटेर पार्टी आयोजना गरी जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । नेपाली संस्कार हराउँदै छ, विदेशी संस्कार नेपाली समाजमा भित्रिँदै छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलको भने आफ्नो जन्मदिन मनाउने तरिका फरक छ । उनले आफ्नो जन्मदिन समाजका विपन्नको सेवा र सहयोग गरेर मनाउने गरेका छन् ।
यस वर्ष उनको जन्मदिनको दिन गाउँकी एक विपन्न एकल महिलाको घरमा बिजुली बत्ती बलेको छ । पौडेलले जन्मदिनको दिन सहयोगी समेत साथमा लिएर दिनभरि वायरिङ गरी गाउँकी करिब ६० वर्षीय एकल महिला सोममाया तामाङको घरमा बिजुली बत्ती बालिदिएका छन् ।
आर्थिक रूपमा विपन्न भएको कारण सोममायाले घरमा बिजुली बत्ती जोड्न सकेकी थिइनन् । पौडेलले आफ्नै व्यक्तिगत खर्चमा जन्मदिनको दिन सोममायाको घर उज्यालो पारिदिएका छन् ।
गएको वर्षको जन्मदिन पनि उनले व्यक्तिगत खर्चमा आफैँ दिनभरि खटेर स्थानीय एक विपन्न महिलाको घरमा बिजुली बत्ती बालेर मनाएका थिए । ‘जन्म दिनको नाममा अनावश्यक पार्टीमा खर्च गर्नुभन्दा यस्तो काममा गरेको खर्च पछि उहाँहरूको अनुहारमा देखिने चमकले छुट्टै आनन्द आउँछ’, पौडेलले भने ।
श्रीमानको मृत्यु भएको, छोरी विवाह गरेर गएकी र छोरा समेत काठमाडौं बस्न लागेपछि सोममाया घरमा एक्लै बस्दै आएकी थिइन् । गाउँभरि सबैका घरमा बिजुली बल्दा पनि सोममायाको घर भने अन्धकार थियो । उनले आर्थिक अभावको कारण बिजुली बत्ती जोड्न सकेकी थिइनन् ।
वडाध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा बिजुली बत्ती बालेर घर उज्यालो बनाइदिएपछि सोममायाको खुसीको सीमा छैन । ‘अब मेरो घरमा पनि साँझमा उज्यालो बत्ती बल्ने भयो’, सोममायाले भनिन् ।
लिखु तामाकोसी गाउँपालिका–२ ले स्थानीय विपन्न नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखी वडा भरिका नागरिकको न्यूनतम विद्युत् महसुल वडा कार्यालयले नै तिरिदिने गरेको छ । वडाध्यक्षको व्यक्तिगत खर्चले विद्युत् जडान र वडाले बिजुलीको पैसा तिरिदिने भएपछि अब सोममायाले निःशुल्क बिजुली बत्ती बाल्न पाउने भएकी छन् । उनको अन्धकारमा साँझ बिताउनु पर्ने बाध्यता हटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: