मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।
“हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइ हामी तपाइँहरुलाई जानकारी दिन्छौँ, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक थापा भन्छन् ।
उनका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवत: आजै चारैको शव परीक्षण हुने जनाइएको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।
मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौँ विमानस्थलमा ओर्लेर आज मुगु पुग्नुभएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरिको विशेष अनुसन्धान टोली परिचालित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: