मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रण लिएको छ ।
उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थल वरपरको अनुसन्धान मिहिन रुपमा गरिरहेको भन्दै थापाले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन् ।
थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण संकलन पछि घटनाबारे थपकुरा सार्वजनिक गछौँ ।’
उनका अनुसार प्रहरीले हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको छ। हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ । यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् ।
गत शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो ।हत्या गरिएका चारैजना बोहोरा परिवारको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: