Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सीमा नाकामा तालिमप्राप्त कुकुरसहितकाे प्रहरी गस्ती

खबरडबली संवाददाता

विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीले पर्वलक्षित जाँच अभियान सुरु गरेको छ । यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्र तथा नाकाहरमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ ।

भद्रपुर नगरपालिका–५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुईवटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ । सीमा नाकाबाट आवत जावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिहरुको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तिहारअघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरुमा पनि विशेष निगरानी भइरहेको प्रहरीले जनाएको छ । यसअघि विराटनगरस्थित सीमावर्ती नाका जोगबनीलगायत नाकाहरुमा प्रहरी टोलीले जाँच तथा निगरानी गर्दै आएको छ ।

यसबाहेक प्रदेशका १४ वटै जिल्लामा पनि पर्वलक्षित सुरक्षा योजनाअनुसार काम भइरहेको जनाइएको छ । कोशी प्रदेशअन्तर्गत रहेका मुख्य सीमा नाकासहित अन्य नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि टोलीहरु परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दसैँ सुरु भएदेखि नै प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार निगरानी गर्न थालेको हो ।योजनाअनुसार प्रदेशमा ७ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending