विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीले पर्वलक्षित जाँच अभियान सुरु गरेको छ । यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्र तथा नाकाहरमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ ।
भद्रपुर नगरपालिका–५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुईवटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ । सीमा नाकाबाट आवत जावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिहरुको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तिहारअघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरुमा पनि विशेष निगरानी भइरहेको प्रहरीले जनाएको छ । यसअघि विराटनगरस्थित सीमावर्ती नाका जोगबनीलगायत नाकाहरुमा प्रहरी टोलीले जाँच तथा निगरानी गर्दै आएको छ ।
यसबाहेक प्रदेशका १४ वटै जिल्लामा पनि पर्वलक्षित सुरक्षा योजनाअनुसार काम भइरहेको जनाइएको छ । कोशी प्रदेशअन्तर्गत रहेका मुख्य सीमा नाकासहित अन्य नाकाहरु तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि टोलीहरु परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दसैँ सुरु भएदेखि नै प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार निगरानी गर्न थालेको हो ।योजनाअनुसार प्रदेशमा ७ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: