सुर्खेत । मदन भण्डारी राजमार्गको विषयलाई लिएर सामाजिक सञ्जालमा ठेकेदार सांसदको खोजी गरिएको छ । लामो समयदेखि निकै चर्चामा रहेको मदन भण्डारी राजमार्ग अलपत्र पार्ने माननिय ठेकेदारकाे तस्विर समाजिक सञ्जालमा राखीएर उनकाे खाेजी गरीएकाे हाे ।
यसअघि सामाजिक संजालमा स्टाटसमार्फत ठेकेदारको खोजी गरेका नागरिकहरुले अहिले रुखमा संघीय सांसद दीक्पालकुमार शाहीको तस्बिरसहितको पोस्टर टाँसेर प्रश्न उठाएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खब्बागाडेसम्म १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ठेक्का लिएको छ । उक्त कम्पनी दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य दीक्पालकुमार शाहीका छोरा सन्देश शाहीको हो ।
एक समय शाहीले नै ठेकेदार भएर काम गरे पनि अहिले पूर्ण रुपमा कम्पनी छोराको नाममा
हस्तान्तरण गरिएकाे छ । तर, राजनीतिकै आडमा उक्त ठेक्का सांसद शाहीले पार्न सफल भएको र उक्त खण्डमा काममा ढिलाइ भएकाले विरोधको निसानामा शाही परेका हुन् ।
नागरिककाे आक्रोश शाही सँग रहेकाे छ । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बनेको छ । जहाँ सांसद शाहीको तस्बिरसहित लेखिएको छ, ‘माननीय ठेकेदार दीक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ सालको रुखमा टाँगिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ ।
यसअघि पनि सुर्खेत पश्चिमका नागरिकहरुले सामाजिक सञ्जालमा ठेकेदार सांसदको खोजी गरिदिन भन्दै अभियान चलाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: