काठमाडौं । नयाँ मर्यादा क्रमानुसार काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । काठमाडौं महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको छ ।
यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मंगलबार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
हाल काठमाडौं महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा रहेकाे छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।
हाल ११औँ नम्बरमा काठमाडौंबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौं महानगर उपप्रमुखको वरीयता छ । काठमाडौंबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।
सोमबारको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ । समितिबाट पारित विधेयकमाथिको प्रतिवेदनमा विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रदेश सरकारका पूर्व राज्यमन्त्री पनि सोही वरीयतामा छन् ।
समितिको प्रतिवेदनानुसार महानगर उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख १८औँ र गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख १९औँ तथा गाउँपालिकाका उपाध्यक्ष २०औँ नम्बरमा रहनेछन् । २१औँ नम्बरमा ७५३ स्थानीय तहका वडाध्यक्षलगायत सरकारी निकायका अधिकारी रहनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: