Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अमेरिका र नेपालबिच महत्त्वपूर्ण साझेदारी भएको छ : विदेशमन्त्री ब्लिङ्केन

खबरडबली संवाददाता

वाशिङ्गटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका हुन् ।

उनले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भने, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखिको  कूटनीतिक सम्बन्धको रहेको छ । अहिले नेपाल इन्डो प्यासिफिकमा महत्वपूर्ण साझेदारका रुपमा रहेको छ । हामीहरु उक्त क्षेत्रको निर्बाध, खुला, सुरक्षित र समृद्ध क्षेत्रका लागि सँगसँगै काम गर्दै पनि आएका छौँ ।”

विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको पनि उल्लेख गरे । नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले भने, “विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको भूमिका महत्वपूर्ण रहेको छ ।”

यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्ध समेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महत्वपूर्ण सहकार्य गर्दै आएको पनि उनले सो प्रेस ब्रिफिङमा उल्लेख गरे ।

परराष्ट्रमन्त्री एन पी साउदले प्रत्युत्तर मन्तव्य दिँदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनु परेको घटनामा व्यक्त गरेको सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गरे । मन्त्री साउदले भने, “हामीहरुले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनु परेको पीडा छ भने अर्कातर्फ एकजनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ ।” 

साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। मन्त्री साउदले विश्वव्यापी रुपमा उत्पन्न जटिल परिस्थितिका बाबजुद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराएको समयका लागि आभार प्रकट गरे ।

मन्त्री साउदले भने, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: