Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन

खबरडबली संवाददाता

म्याग्दी  । म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने योजना कार्यान्वयन भएको छ । नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तरगत जिल्लाका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्न लागिएको हो ।

यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने भएको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका इञ्जिनीयर शिवराज शर्माले विद्युत विस्तार गर्न ठेक्का सम्झौता भई काम सुरु भएको जानकारी दिए । “पोल गाड्न, तार तान्न र ढुवानीका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको प्राविधिक टोलीले फिल्ड भेरिफिकेसन गर्न स्थलगत अध्ययन गरिरहेको छ,” उनले भने “प्राविधिक रिपोर्टको आधारमा कम्पनीले पोल, तारलगायत लाइन विस्तारको सामग्री माग्ने र प्राधिकरणको प्रदेश कार्यालयले उपलब्ध गराउने सम्झौता छ ।”

चार सय सात दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न लागिएको इञ्जिनीयर शर्माले जानकारी दिए । पोल गाड्ने र तार तान्ने काम गर्न गत असोज तेस्रो हप्ता रवीन्द्र(ढुङ्गाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । 

सामग्री, उपकरण खरिद, ढुवानीसहित सबै काम गर्न कूल बीस करोड ५३ लाख ३६ हजार दुई सय ७८ लागत अनुमान गरिएको छ । एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडा फूलबारीका २०, रघुगङ्गा गाउँपालिकाको पात्लेखर्कका ५५, धवलागिरि गाउँपालिकाको मल्कवाङ, मराङ, बुलका चार सय, लुलाङका चार सय २५, खिवाङ नाउराको दुई सय घरधुरीमा लाइन विस्तार गर्न लागिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । 

यसैगरी मालिका गाउँपालिकाको छिस, घोर्सी, कोदालीवाङका ९५, घयाङलेपानीका ८०, बेम, बेली, दिलिवाङका दुई सय ३०, लुक्सिपार, पात्लेका एक सय ४५, ओखरबोटका ९०, महभिर चिउरीबोटका एक सय ८८, छापका ६०, सिस्नेरीका ६५ र जुग्जाका एक सय ३० घरमा पनि आयोजनामार्फत विद्युत विस्तार गरिने प्राधिकरणले जनाएको छ । मालिकाको घङ्लेपानी बाहेक बस्तीमा लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग भएको छ । 

विद्युतको कुनै स्रोत नभएको घङ्लेपानीका बासिन्दाले सोलार र टुकी प्रयोग गर्छन् । यो आयोजनामार्फत म्याग्दीको धवलागिरि गाउँपालिका(१ मा पर्ने गुर्जा बाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सुविधा पुग्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । “उज्यालो म्याग्दी बनाउने अभियानअन्तरगत हामीले प्रधानमन्त्रीसँग अनुरोध गरेर र विद्युत प्राधिकरणले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरेर सुरु गरिएको आयोजना हो,” उनले भने “विद्युत सुविधा विस्तारसँगै जनजीवनका साथै पर्यटकीक्षेत्रमा पनि सहज हुने अपेक्षा गरेका छौँ ।” गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीमा विद्युतीकरणका लागि हालसम्मकै ठूलो बजेटको आयोजना भित्रिएको बताए । 

निर्माण कम्पनी रवीन्द्र(ढुङ्गाना जेभीका सञ्चालक दिनेश ढुङ्गानाले प्राधिकरणले उपकरण र सामग्री भनेको समयमा उपलब्ध गराएको अवस्थामा निर्धारित समयमै विद्युतीकरणको काम सक्ने बताए । “मैले ठेक्का लिएको सबै योजना अहिलेसम्म लक्ष्य अघि नै सम्पन्न गरेको छु,” उनले भने “प्राधिकरणले पोल, तार, ट्रान्सफर्मरलगायत सामान मागेको समयमा दियो भने यो योजना पनि निर्धारित समयभित्र सम्पन्न गर्छौ ।” नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका ग्राहाक छन् । गत आर्थिक वर्ष २०७९र८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । साउनयता करिब दुई सय घरधुरीमा नयाँ लाइन विस्तार भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending